FLASH NEWS
  • Loading...

१० दिन ढिलो गरी मनसुन भित्रियो, देशभर पुग्न एक साता लाग्ने

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २१९ पटक पढिएको
१० दिन ढिलो गरी मनसुन भित्रियो, देशभर पुग्न एक साता लाग्ने

नेपालमा १० दिन ढिलो गरी मनसुन प्रवेश गरेको छ । सामान्तया १० जुनमा मनसुन भित्रिने भए पनि १० दिन ढिलो गरी बिहीबार पूर्वी भागबाट मनसुन सुरु भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले सूचना प्रकाशित गरी जनाएको छ ।

‘ताप्लेजुङ, झापा, ईलाम, तेह्रथुम हुँदै मोरङसम्मै मनसुनी गतिविधिस्वरुप वर्षा भएको छ’ अर्यालले कान्तिपुरसित भने, ‘मध्य भागसम्मै मनसुनी गतिविधि देखिएको छ’ विज्ञप्तीमा उल्लेख छ ।

वर्षभरीका अन्य समयमा पश्चिम वायु प्रभावकारी हुने भए पनि मनसुनका बखत् भने पूर्वी वायु सक्रिय हुन्छ । पूर्वी क्षेत्रबाटै मनसुन प्रवेश हुन्छ । महाशाखाले दिउँसो वरिष्ठ मौसमविद र मनसुनी गतिविधिबारे विस्तृत विश्लेषण गरी औपचारिक रुपमा मनसुन सुरु भएको घोषणा गर्ने तयारी गरेको छ ।

दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको डेढ महिना अघि काठमाडौंमा भएको सम्मेलनले यो वर्ष नेपालमा पूर्वी भागमा औसत भन्दा कम वर्षा हुने आँकलन गरेको छ । मध्ये र पश्चिम भागमा भने औशत वर्षा हुने अनुमान गरिएको छ ।