FLASH NEWS
  • Loading...

अस्तब्यस्त बेनी अस्पताल

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ४७९ पटक पढिएको
अस्तब्यस्त बेनी अस्पताल

म्याग्दी, १५ जेठ ।

बेनी अस्पताल गण्डकी प्रदेश मातहत राखिएको भएपनि बजेट भने स्थानीय तह बेनी नगरपालिकामा छ । प्रदेश सरकार मातहतका बेनी अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मीले तलव तथा दैनिक प्रशासनीक खर्च भने बेनी नगरपालिकाबाट भुक्तानी हुने गरेको छ ।

अस्पताल तथा कर्मचारी समायोजमा चुस्त नहुँदा स्वास्थ्य क्षेत्र अस्तब्यस्त छ । तलवभत्ता समेत कर्मचारीको बजेट स्थानीय तहमा र कार्यालय प्रदेश सरकार मातहत भएपछि बेनी अस्पतालले औषधी समेत खरिद गर्न पाएको छैन ।

बजेट निकासा नहुँदा अस्पतालका स्वास्थ्यकर्मीले गत साउनदेखी नाईट ड्युटी, सार्वजनिक विदा, चाडपर्व, पोष्टपार्टम समेतका अतिरिक्त समय काम गरेको भत्ता पाउन सकेका छैनन ।

ओभरटाईम (ओटी) भत्ता मात्र होईन नियमित तलव समेत समयमा पाउन नपाउँदा कर्मचारीको गुनासो छ । अस्पताल तथा कर्मचारी समायोजन गर्दा लेखापाल र नायव सुब्बा पद नै गायव भएपछि बेनी अस्पतालको दैनिक प्रशासन थप प्रभावित भएको छ ।

तीन बर्ष अघिसम्म सेवा, सुविधा र गुणस्तरमा साविक पश्चिमाञ्चलका सरकारी अस्पतालहरुमा अब्बल ठहरिएको बेनी अस्पताल स्तर बृद्धी तथा अस्पता एवं डाक्टर/कर्मचारी समायोजन अन्यौलले अस्तब्यस्त बन्दै गएको छ ।

‘हामी झमेलामा छौं । नगरपालिका गयो, तपाईहरु प्रदेश सरकार मातहत हो भन्छन, प्रदेश सरकारलाई बजेट माग्यो, नगरपालिकामा बजेट पठाएका छौं भन्छ । दैनिक प्रशासन चलाउन समस्या छ’ निमित्त अस्पताल प्रमुख डा. मनोज घिमिरेले भने, ‘दरवन्दी अनुसारका डाक्टरहरु नहुँदा विरामीको उपचारमा चाप मात्र होईन दैनिक प्रशासनीक तथा आर्थिक झन्झटले काम गर्न बाध पुगेको छ ।’

१५ बेड क्षमताबाट ५० वेडमा स्तर उन्नत गरे पछि बेनी जिल्ला अस्पतालको अवस्था झन खस्केको छ । तर सेवा शुल्क भने तेब्बर बढी बढेको छ । निःशुल्क औषधी बन्द गरिएको छ । विशषज्ञ डाक्टर त आएनन नै भएका पनि सरुवा भए । अस्पतालको अवस्था झन खस्कियो ।

अस्पताल प्रमुख रहेका एक्ला विशेषज्ञ (कन्सल्टेन्ट) डाक्टर रोशन न्यौपाने सरुवा भै संघिय मन्त्रालयमा गएपछि जिल्ला अस्पताल प्रमुख विहीन भएको छ । बेनी जिल्ला अस्पतालमा १० जना विशेषज्ञ डाक्टरको दरवन्दी भएपनि खटाईएका डाक्टर जिल्ला नआउँदा अस्पताल नेतृत्व विहिन भएको हो । उपलब्ध एउटा कन्सल्टेन्ट डाक्टरको पनि सरुवा भएपछि जिल्ला अस्पताल जुनियर मेडिकल अफिसरको भरमा चलेको छ ।

‘अस्पतालमा एक जना पनि कन्सल्टेन्ट डाक्टरहरु नहुँदा हामी जुनियर मेडिकल अफिसरले काम चलाएका छौं । कतिपय अवस्थामा हामीले एक्लै रिक्स लिन नसक्ने हुँदा जिल्लामा उपचार हुने भएपनि विरामीलाई पोखरा रिफर गर्नु पर्ने बाध्यता छ’ मेडिकल सुपरिटेण्डेन्ट विराट शर्माले भने, ‘ब्यवस्थापकीय ध्यान नपुग्दा ५० बेडको अस्पतालमा उपलब्ध क्षमता पनि हृास भैरहेको छ । जिल्लामा उपचार संभव भएका र पूर्वाधार भएर पनि शल्यक्रिया गर्नु पर्ने विरामीलाई रिफर गर्नु पर्ने अवस्था छ ।’

५० शैयाको अस्पतालमा स्तर उन्नत भएपछि जिल्ला अस्पतालमा वरिष्ठ कन्सल्टेन्ट (विशेषज्ञ) पेडियार्टिसियन (बालरोग), अब्य तथा गाईना (स्त्री रोग), सर्जन, अर्थो सर्जन (हाडजोर्नी), साईक्यार्टिक (मानसिक रोग), एनेस्थेसियालोजिष्ट, जनरल फिजिसियन, रेडियोलोजिस्ट, प्रमुख मेडिकल सुपरिटेन्डेन्ट जनरलिष्ट, सुपरिटेन्डेन्ट समेत १० जना डाक्टरको दरवन्दी छ । तर एक जना पनि विशेषज्ञ डाक्टर जिल्लामा छैनन् ।

छुट्टै चार जना मेडिकल अफिसरको दरवन्दी भएपनि २ जना अध्ययन विदामा छन । ५० बेड क्षमताको जिल्ला अस्पताल निक साईमण्ड संस्थाका एमडिजिपी डा. नवराज वस्ताकोटीको भरमा छ । डा. बास्ताकोटीलाई अस्पतालमा दरवन्दी भएका मेडिकल अफिसरहरु डा. विराट शर्मा र ल्यावटेन्कोलोजिष्ट डा. संजोग तिमिल्सिना तथा छात्रबृत्तिमा आएका ७ जना मेडिकल अफिसरले साथ दिएका छन ।

दरवन्दी अनुसारका डाक्टरहरु जिल्ला नआउँदा स्थानीयले अस्पताललाई १५ बेडबाट ५० बेडमा स्तर उन्नतहुँदा विरामीले उल्टो सास्ती पाएका छन । १५ बेड क्षमताको अस्पताल हुँदा जुन सेवा सुविधा थियो, ५० बेड बनाएपछि झन निशुल्क भनिएका ७० प्रकारका औषधी पनि बन्द गरिएको छ । बहिरंग सेवाको श्वास्थ्य परिक्षण गर्न भर्ना सुल्क समेत भिडियो एक्सरे, एक्सरे, ल्याव टेष्ट सवै क्षेत्रमा भारी शुल्क बृद्धी गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल