FLASH NEWS
  • Loading...

नदीमा डुबुल्की मार्दै दरवाङ्गका बालबालिका

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २३० पटक पढिएको
नदीमा डुबुल्की मार्दै दरवाङ्गका बालबालिका

गर्मी बढेपछि म्याग्दी नदी आसपासका बालबालिका खोलामा पुग्ने गर्छन । गर्मी हृवात्त बढेपछी पौडि खेल्ने बालबालिकाको भिड म्याग्दी तथा अन्य नदीमा हुन्छ ।

सयौं बालबालिकाहरु अभिभावकको आँखा छलेर पौडिखेल्न नदीमा पुग्ने गरेका हुन्छन् । छुट्टीको दिन बालबालिका गाडीको ट्युवमा चढेर म्याग्दी नदीमा डुबुल्की मार्दै वित्छ । चैतदेखी जेठ महिनासम्म म्याग्दी र कालीगण्डकी नदी किनाराका वस्तीबाट छुट्टीको मौका छोप्दै बालबालिकाहरु पौडी खेल्न नदीमा भिड लाग्ने गर्छ । पौडिखेल्न राम्रोसंग नजान्नेहरु नदीमा टायरको ट्युव, भलिवल र खाली जर्किनहरु बोकेर जान्छन् ।

साथीभाईसंग मिलेर मनलाग्दो खेल्न र डुल्न पाईने भएकोले विद्यार्थीहरु सवैभन्दा बढी खुशी सायद स्कुल विदा हुन्छन् । तर ठिक उल्लो अभिभावकलाई भने स्कुल विदाहुंदाको दिन कता नानीहरु नदीले बगाउला भन्ने चिन्ताबाट सताईन्छन् । ‘यी केटाकेटीलाई स्कुल छुट्टी पनी नभए हुन्थ्यो जस्तो लाग्छ । कता खोलाले बगाउँछ भन्ने सन्त्रास भै रहन्छ’ बेनी मंगलाघाटकी सृजना मगरले बताईन् ।

नदीमा पौडि खेल्दा रमाईलो मात्र हुंदैन । राम्रोसंग पौडि खेल्न नजान्नेलाई नदीले बगाउने समेत गरेको छ । जिल्ला प्रहरीको तथ्याङ्ढ अनुसार हरेक वर्ष दुई जना ठाढो नदीमा पौडी खेल्न जाने बालबालिकाको डुवेर वा बगेर मृत्यु हुने गरेको छ । साथीभाई र अग्रजहरुको पछिलागेर नदीमा जाने साना बालबालिकालाई बढी बगाउने गरेको छ ।