FLASH NEWS
  • Loading...

‘सामाजीक सुरक्षाको ब्यवहारिक कार्यान्वयन गर’

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ७८० पटक पढिएको
‘सामाजीक सुरक्षाको ब्यवहारिक कार्यान्वयन गर’

म्याग्दी, १८ बैशाख ।

न्यूनतम पारिश्रमिक, समान ज्याला र सामाजिक सुरक्षाको ब्यवहारिक कार्यान्वयनको माग गर्दै म्याग्दीका मजदुरहरुले पनि १ सय ३० औं अर्न्तराष्ट्रिय श्रमिक मजदुर दिवस मनाएका छन ।

नेपाल ट्रेड युनियन महासँघ (जिफन्ट)को आयोजनामा अगाडी पन्चेवाजा घन्काउँदै श्रमिक दिवसको मुल ब्यानर सहित प्लेकार्ड बोकेका मजदुरको र्‍याली बेनीबजार परिश्रमागरी सभामा परिणत भएको थियो ।

गण्डकी प्रदेश सभा सदस्य विनोद केसीको प्रमुख आतिथ्यतामा सम्पन्न श्रमिक मदजुर दिवसका प्रायः सवै वक्ताले समान काममा महिला–पुरुष विच समान ज्याला, न्यूनतम पारिश्रमिकको ग्यारेन्टी, सामाजिक सुरक्षाको ब्यवहारिक कार्यानवयन र कार्यस्थलमा मजदुरको सुरक्षा उपकरण अनिवार्य र आकस्मीक स्वास्थ्य उपचारको ब्यवस्थाको माग गरे ।

निर्माण क्षेत्रमा खासगरी ठेकदारबाट मजदुर चर्को शोषणमा परेका छन । अझ पेटी ठेकदारहरुबाट निर्माण मजदुर ठगिएका छन । राजनैतिक दल र प्रशासनको तिनै ठेकदारसँगको मिलेमतो र गठजोरले मजदुरले न्याय पाएका छैनौं’ जिफन्टकी जिल्ला अध्यक्ष वलदेवी बरुवाल राईले भनिन, ‘विना सुरक्षा निर्माण मजदुरलाई जोखिमपूर्ण काममा खटाउने, दुर्घटनामा उपचार खर्च नपाउने र कामको उचित ज्याला त परको कुरा काम गरेको ज्याला नै नपाई रिक्तो हात घर फर्कनु पर्ने अवस्था अझै छ ।’

कार्यक्रममा प्रमुख अतिथी गण्डकी प्रदेश सभासद केसी, संविधान सभा दोस्रोका सदस्य नवराज शर्मा, काँग्रेस सचिव मीनबहादुर कार्की, जिफन्टका पूर्व अध्यक्ष गोपाल रिजालले श्रमिक मजदुरमाथी भैरहेको शोषण र उत्पीडन विरुद्ध राजनैतिक दल, प्रशासन र समाजका अगुवा मौन वसेको स्वीकार गर्दै ऐन, कानुनहरुको ब्यवहारिक कार्यान्वयनमा सवै सचेत हुनु पर्ने बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र