FLASH NEWS
  • Loading...

बेनीमा भुकम्प नाप्ने उपकरण जडान

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ४७१ पटक पढिएको
बेनीमा भुकम्प नाप्ने उपकरण जडान

विद्यालयमा भुकम्प शिक्षा कार्यक्रम अर्न्तगत यहाँ स्थित एक विद्यालयमा भुकम्प नापन उपकरण (सेस्मो मिटर) जडान गरिएको छ ।

स्वीजरल्याण्डको लुजान युनिर्भसिटी (गलष्खभचकष्तथ या ीबगकबललभ)को आर्थिक सहयोगमा नेपालका विद्यालयमा भुकम्प मापन (सेस्मोलोजी एट स्कुल इन नेपाल) अर्न्तगत पारीवेनी स्थित न्यू होराईजन आवसीय माध्यामिक विद्यालयमा यो प्रविधी जडान गरेको हो । कार्यक्रम अनुसार गण्डकी प्रदेशका सवै जिल्लाका कम्तीमा एक विद्यालय र ५ नम्बर प्रदेशका केही विद्यालयगरी २३ वटा विद्यालयमा भुकम्प नापन उपकरण जोड्नि थालिएको हो ।

‘यो भुकम्प कहिले आउँछ भन्ने जानकारी दिने (अर्लि वार्निङ) उपकरण होईन, भुकम्प नापन गर्ने उपकरण हो । भुकम्प बुझ्न भुकम्प शिक्षा विद्यालयमा पुर्‍याउन खोजेका हौं’ स्वीजरल्याण्डको लुजान युनिर्भसिटीबाट सोस्मोलोजीमा विद्यावारिधी गरिरहेका शिव सुवेदीले भने, ‘गोर्खादेखी पश्चिमको क्षेत्रमा ५ सय बर्षदेखी ठूला भुकम्पको जोखिम छ । भुकम्पबाट भाग्न सकिन्न तर सुरक्षा सर्तकता अपनाउन सकिन्छ ।’

भुकम्प प्रतिको प्रयात्प जानकारीले सावधानी तथा पूर्वतयारी गर्न भुकम्प सम्बन्धी डाटाले महत्वपूर्ण योगदान पुर्‍याउने भएकोले भुकम्प जोखिम क्षेत्रमा पर्ने गण्डकी प्रदेश र ५ नम्बर प्रदेशका विद्यालयमा उपकरण जोडिने छन । भुकम्पविद सुवेदीका अनुसार जडित उपकरणले उपकरणले २५ किमी हवाई दुरीसम्म केन्द्र विन्दु भएर जाने १ म्याग्नेच्युट माथीका भुकम्पको नापन गर्ने छ ।

सडकको पहुँदेखी टाढा रहेका २४ सैं घन्टा विधुत र इन्टरनेट उपलब्ध भएका विद्यालयमा यस्तो उपकरण जोडिएको हो । पहिलो चरणमा पर्वतको ग्रामप्रकाश मावि लेकफाँट, म्याग्दी सदरमुकामलाई सहजहुने गरी पर्वतको बेनीबजार स्थित न्यू होराईजन मावि, पर्वत गुरुकुल एकेडेमी कुस्मा, म्याग्दीको मालिका गाउँपालिकाको दरवाङ्ग स्थित जनप्रीय मावि, बाग्लुङ्गको गल्कोट स्थित एकता आवसीय मावि र मुस्ताङ्गको जोमसोम स्थित जनहित माविमा उपकरण जोड्नेकाम सुरु भएको छ । क्रमशः अन्य जिल्लाका छानिएका विद्यालयमा उपकरण जडान हुने विद्यालय भुकम्प शिक्षा कार्यक्रम नेपालले जनाएको छ ।

भुकम्प नापन उपकरण जोडिएका विद्यालयले वरपरका विद्यालयबाट विद्यार्थी वोलाई भुकम्प कसरी जान्छ, कस्ता असर हुन्छ, नाप कसरी लिने, इपिसेन्टर पत्ता लगाउने, कति म्याग्नेच्युट पत्ता लगाउने समेत सेम्मोलोजी सम्बन्धी आधारभुत जानकारी गराउने प्रावधान छ ।

‘स्कुलमा भुकम्प नापन उपकरण जडान भएको छ । अनुकुल समयमा छिमेक वेनी बजार र म्याग्दी तथा पर्वतका विद्यालयका विद्यार्थी ल्याई भुकम्पको प्रकृति, भुकम्पको स्वभाव र असरबारे जानकारी गाराउँछौं’ उपकरण जडान गरिएको पर्वत बेनीको न्यूहोराईजन आवसिय माविका सहायक प्रिन्सिपल नारायण पौडेलले भने, ‘भुकम्प शिक्षा पाठ्यक्रममा राख्न आवश्यक छ ।’

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल