FLASH NEWS
  • Loading...

म्याग्दीमा श्रमदानगरी नेकपाको स्थापना दिवस

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २६९ पटक पढिएको
म्याग्दीमा श्रमदानगरी नेकपाको स्थापना दिवस

नेकपाको ७० औं स्थापना दिवस म्याग्दीमा श्रमदान गरी मनाईएको छ ।

नेकपालाई अझै पनि श्रमजिवी वर्गको प्रतिनिधित्व गर्ने पार्टीको रुपमा सांकेतिक देखाउन आयोजना गरिएको श्रमदान कार्यक्रममा बेनीमा उपलब्ध ‘सुकिलामुकिला’ कार्यकर्ता कमरेडहरुको सहभागिता थियो ।

नेकपाका कार्यकर्ताहरु सोमवार विहान वेनी नगरपालिका, २ हाँडेभीर स्थित पार्टी कार्यालय अगाडी बेनी–रत्नेचौर–बाग्लुङ्ग सडकका खाल्डाखुल्डी पुर्न श्रमगरी मनाएका हुन । नेकपाका बेनीमा उपलब्ध नेता तथा कार्यकर्ता र विद्यार्थीले विहान ७ देखी ९ बजेसम्म श्रमदान कार्यक्रममा सहभागी भएका थिए ।

५० जनाबढी कमरेडहरुले दुई घन्टा श्रमदानगरी करिव १० मिटर सडक विच–विचमा हिलो र पानी बाँकी छोडेर टालटुल पारिएको थियो । खाल्डाखुल्डी श्रमदान कार्यक्रममा सहभागी कार्यकर्तालाई नेकपाका जिल्ला नेता गोविन्द पौडेलले धन्यवाद दिए ।