FLASH NEWS
  • Loading...

घारको भुवानी प्राविमा इन्टरनेट

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २०८ पटक पढिएको
घारको भुवानी प्राविमा इन्टरनेट

अन्नपूर्ण गाउँपालिका, ६ घारको भन्थान स्थित भुवानी आधारभुत विद्यालयमा इन्टरनेट जडान गरिएको छ ।

घार ठूलोखेत घर भै वेल्जियममा बस्दै आएका गैहृ आवसीय नेपाली संघ (एनआरएन) युरोप संयोजक रहेका शिवकुमार बरुवालको २५ हजार आर्थिक सहयोगमा विद्यालयमा इन्टरनेट जडान गरिएको हो । बरुवालका बुबा कुलबहादुरले विद्यालय स्थापना गरेका हुन ।

विद्यालयलाई लामोगरा घर भै मोना जापानका सदस्य रामबहादुर खड्का र भन्थना घर भै मोना कुवेतका कोषाध्यक्ष कृष्णप्रसाद खड्काले एक–एक थान कम्प्युटर, घार इदार घर भै हाल अमेरिकामा बस्ने पूर्णबहादुर बरुवालले प्रिन्टर सहयोग गरेका छन ।

‘एनआरएन युरोप संयोजक शिव बरुवालको आर्थिक सहयोगमा विद्यालयमा नेपाल वायरलेसको इन्टरनेट जडान गरिएको हो’ विद्यालय ब्यवस्थापन समिति अध्यक्ष श्याम प्रसाद खड्काले भने, ‘इन्टरनेट जडानभएपछि विद्यालयका शिक्षक/शिक्षिकालाई शैक्षिक सामाग्री खोज्न र शिक्षा सम्बन्धी सूचनाहरु, पत्रहरु विधुतिय माध्यमबाट आदानप्रदान गर्न सजिलो हुने छ ।’