FLASH NEWS
  • Loading...

चन्द्र केसीले गरे सियानालाई कलेजो दान

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ४३६ पटक पढिएको
चन्द्र केसीले गरे सियानालाई कलेजो दान

म्याग्दीका एक महान मानवतावादी चन्द्र केसीले जीवितै अवस्थामा एक ९ महिने बालिकालाई कलेजो दान गरेका छन ।

शुक्रवार भारतको दिल्ली स्थित भारतको नयाँ दिल्ली स्थित सर गंगाराम अस्पतालमा रन्तिजाको शुक्रवार (फ्रेवुरी १) मा डा.निमेश र डा. विशालसमेतको टोलीले केसीको ३० प्रतिशत कलेजो बालिकालाई प्रत्यारोपण गरिएको परिवारले जनाएको छ ।

मृत्यु पश्चात मानव अङ्ग दान गर्ने कुरा सुनेका छौं तर जीवितै अङ्ग दान गर्ने अझ कलेजो जस्तो संवेदनशिल अङ्ग दान गर्न त हत्तपत्त कोही तयार हुँदैनन । तर पित्तथैली र कलेजोको समस्याबाट ग्रस्त ९ महिने बालिकालाई बचाउन कलेजो दान गरी बेनी नगरपालिका, ८ बेनीका चन्द्रकुमार केसीले मानवताको महान उदाहरण प्रस्तुत गरेका छन ।

 ‘शुक्रवार दाई चन्द्रको कलेजो झिकेर बालिकाको कलेजोमा प्रत्यारोपण भएको छ’ भाई सुरत केसीले भने, ‘अप्रेसनपछि दाईलाई शुक्रवार राती ८ बजे र बालिकालाई ११ बजे आईसियुमा सारिएको छ । शनिवार विहान ८ बजेपछि मात्र सहयोगीले दाईलाई भेट्न सक्ने अस्पतालले बताएको छ ।’

‘कलेजो प्रत्यारोपणपछि बालिकाको जीवन ८० प्रतिशत सुरक्षित गर्न सकिने र मलाई एक प्रतिशत संक्रमणको जोखिम देखाएका छन’ कलेजो दाता चन्द्र केसीले प्रत्यारोपणकालागी हिँड्नु अघि भनेका थिए, ‘प्रत्यारोपण गरिने ३० प्रतिशत कलेजो रिकभर हुन ६ महिना लाग्ने डाक्टरले बताएका छन । प्रत्यारोपण सफल भैदियोस कामना गर्छु ।’

प्रत्यारोपणपछि कलेजो दाता (लिभर डोनर)ले १५ दिन अस्पताल भर्ना भै डाक्टरको प्रत्यक्ष निगरानीमा तथा ६ महिना नियमित चेकअपमा बस्नु पर्ने हुन्छ । विरामीले भने ६ महिनासम्म अस्पतालमै डाक्टरको प्रत्यक्ष निगरानीमा रही उपचार गराउने छिन । प्रत्यारोपणको एक बर्षभित्र संक्रमण वा रिजेक्ट हुन सक्छ । एक बर्ष कुनै समस्या नआए बालिका पूर्ण स्वास्थ्य हुने छिन ।

सायना उपचार अभियानको अगुवा म्याग्दीमा स्थापित परोपकारी संस्था ओमकुमारी शान्ति कोषले गर्दै आएको छ । कलेजो दाता केसी ओमकुमारी शान्ति कोषका संस्थापक हुन । आर्थिक विपन्न रन्तिजा परिवार एक्लैले बालिकाको उपचार गर्न नसक्ने भएपछि ‘सियाना बचाउ अभियान’ संञ्चालन गरिएको छ । कलेजो प्रत्यारोपणपछि पनि थप उपचार गरिरहनु पर्ने भएकोले थप आर्थिक सहयोग आवश्यक रहेको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले जनाएको छ ।

जिल्लामा आर्थिक अभावकै कारण अस्पताल पुग्न नसक्ने र थप उपचार गर्न नसकि ज्यान गुमाउन बाध्य विरामीको उपचारमा सहयोग जुटाउँने उद्देश्यले मानवीय सेवामा सर्मपित  ‘ओमकुमारी शान्ति कोष’ हाडभित्र मासी उत्पादन नहुने (हाईपोलास्टीक एनीमिया) रोगबाट ग्रसित ओमकुमारी पुन (शान्ति)को उपचारपछि बचेको १३ लाख रुपैया“बाट स्थापना गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल