FLASH NEWS
  • Loading...

बस दुर्घटनामा चारको मृत्यु, ३७ जना घाईते

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १४७ पटक पढिएको
बस दुर्घटनामा चारको मृत्यु, ३७ जना घाईते

पर्वतको कुस्मा नगरपालिका, १ मालढुङामा यात्रु बस दुर्घटनामा पर्दा चार जनाको मृत्यु भएको छ । मृतकहरुको सनाखत हुन बाँकी छ ।

दुर्घटनामापरी घाईते ३४ जना यात्रुको बाग्लुङ अस्पतालमा उपचार भैरहेको छ । गम्भीर विरामीलाई हेलिकोप्टरबाट काठमाण्डौ पु¥याउने तयारी भैरहेको प्रहरीले जनाएको छ । केही गम्भीर यात्रुलाई थप उपचारकालागी पोखरा रिफर गरिएको बाग्लुङका पत्रकार प्रकाश वरालले बताए ।

म्याग्दीबाट नारायणगढकालागी १४ जना यात्रु बोकेर छुटेको ग १ ख ६१०८ नम्बरको मिनी बसर विहान ८.१५ बजे मालढुङगा नजिकबाट कालीगण्डकी नदी किनारामा खसेको थियो । पर्वत बेनी, मिलनचोकबाट यात्रु थपिदै गएकोले दुर्घटना स्थलमा भने चालकसमेत ४१ यात्रु थिए ।