FLASH NEWS
  • Loading...

‘मेला भुल्ने र झुल्ने थलो नबनोस’– मन्त्री पुन

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ५१५ पटक पढिएको
‘मेला भुल्ने र झुल्ने थलो नबनोस’– मन्त्री पुन

गण्डकी प्रदेशकी सामाजिक मन्त्री नरदेवी पुनले मेला र महोत्सव उत्पादनशिल शक्ति भुल्ने र झुल्ने माध्यम बन्न नहुने बताएकी छिन ।

ग्रामिण महिलाहरुको सिप र उत्पादनको बजारीकरण र ब्यवसायीकरण गर्न स्थानीय मेला, पर्व र ‘महोत्सवले ग्रामिण दिदीबहिनीको हातको सीप र उत्पादनलाई ब्यवसायीकरण र बजारिकरण गर्ने माध्यम बन्नु पर्छ’ महिला उद्यमी संघ म्याग्दीले बेनीमा आयोजित माघे संक्रान्ति मेलाको उद्घाटन गर्दै मन्त्री पुनले भनिन्, ‘उत्पादनशिल क्षेत्रमा लाग्नु पर्ने मान्छे र समय भुल्ने र झुल्ने माध्यम मेला महोत्सव बन्नु हुँदैन ।’

प्राचीन भोट–मधेश (तिब्बत–भारत) चल्ने साल्ट ट्रेड रुटको प्रमुख ब्यापारिक केन्द्र बेनीमा लाग्ने ब्यापार मेलाको परम्परालाई परिस्कृत संस्कृतिको रुपमा मनाउन महिलाहरुले माघे संक्रान्ति मेला आयोजना गरेका हुन । मेलामा महिलाहरुले संञ्चालन गरेका घरेलु उत्पादन, हस्तकलाका उत्पादन र ग्रामिण भेगमा उत्पादन हुने अर्गानिक खाद्यान्नका मात्र स्टल राखिएको छ ।

‘साँस्कृतिक पर्व माघे संक्रान्ति मेलामा महिलाले उत्पादन गरेका र प्रर्वद्धन गरेका स्थानीय उत्पादन मात्र स्टलमा राखेका छौं’ माघे संक्रान्ति मेला आयोजक महिला उद्यमी संघकी अध्यक्ष सुनिता केसीले भनिन्, ‘मेलामा मदिरा र सुर्तिजन्य पदार्थको विक्रि स्टल राखेका छैनौं । पुरै अर्गानिक कृषी उत्पादन र हाते घरेलु सामाग्रीलाई प्रोत्साहन गरेका छौं ।’

म्याग्दी भ्रमण वर्ष अभियानसँगै आन्तरिक तथा बाहय पाहुना भित्राउने र यहाँको रैथाने अर्गानिक कृषी उत्पादनलाई बजारिकण गर्न बसपार्कमा मेला आयोजना गरिएको आयोजकको दावि छ । महोत्सवमा आन्तरिक पर्यटकलाई आर्कषित गर्न खुल्ला एकल लोकनृत्य, महिला उद्यमशिलता तथा म्याग्दी भ्रमण वर्ष झल्कने दोहोरी गित, महिला छेलो प्रतियोगिता हुने छ । महोत्सवमा कृषी, हस्तकला तथा स्थानीय उत्पादनको स्टल मात्र प्रर्दशनीमा छन ।

माघे संक्रान्ति मेला उद्घाटनमा बेनीका विभिन्न जातिय, पेशागत संस्था, स्थानिय तहका प्रतिनिधी, प्रशासन र राजनैतिक दलका अगुवा तथा प्रतिनिधीहरुले विगतका महोत्सवको समिक्षा गर्दै मेला एवं महोत्सवले मान्छे ब्यवसाय र पेशा विर्सेर भुल्ने तथा झुल्ने थलो नभए ब्यवसायीक क्षमता बृद्धी गर्ने, बजार प्रर्वद्धन गर्ने र लगानीका अवसर खोज्ने माध्यम बन्नु पर्ने सुझावसहित सुभकामना दिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल