FLASH NEWS
  • Loading...

उपचार नपाएर मर्नु पर्ने छैन

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३३८ पटक पढिएको
उपचार नपाएर मर्नु पर्ने छैन

राजेश शाक्य, उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष रहेका युवा ब्यवसायी शाक्य परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष हुन । आर्थिक रुपमा विपन्न जिल्लाबासीको उपचारमा सहयोग जुटाउँदै आएको ओमकुमारी शान्ति कोषले २ करोड भन्दा बढी रकम रहेको जिल्लाको सर्वाधिक ठूलो अक्षय कोष निर्माणमा जुटेको छ । कोषले संञ्चालन गरेको दिन जान्यो, बाँच्न जान्यो भन्ने नारासहित कोषले संञ्चालन गरेको अक्षय कोष अभियान र ओमकुमारी शान्ति कोषका विषयमा राजेश शाक्यसँग पुनहिल डिजिटल पत्रिकाले गरेको कुराकानी ः

 , ओम कुमारी शान्ति कोष बारे बताई दिनुस न ?

शाक्य ः हाडभित्र मासी उत्पादन नहुने (हाईपोलास्टीक एनीमिया) रोगबाट ग्रसित साविक सिङ्गा–१ थामडाँडाकी ओमकुमारी पुन (शान्ति)को उपचार गर्न २०७० सालमा ओमकुमारी (शान्ति) बचाउ अभियान सुरु गरेका थियौं । आर्थिक रुपमा विपन्न शान्ति पुनलाई भारतको एपोलो हस्पिटल पु¥याएर बोन म्यारो ट्रान्सप्लान्ट गरियो । तर १ बर्ष मात्र बचाउन सकियो । उपचारक्रममा संकलन भएको ५६ लाख मध्य बचेको १३ लाख रुपैयाँलाई ओमकुमारीको स्मृतिमा ‘ओमकुमारी शान्ति कोष’ बनाईएको हो ।

, आर्थिक अभावले कोही पनि जिल्लाबासी ओछ्यानमै मर्नु पर्दैन भन्नु भएको छ कसरी संभव छ ?

शाक्य ः म्याग्दीे ‘मनकारी मान्छे’ हरुको थलो हो । अरुको दुःख देख्न नसक्ने, गास काटेर सहयोग गर्ने हाम्रो संस्कृति नै हो । ओमकुमारी वैनीको उपचारकालागी संञ्चालन गरेको ‘शान्ति बचाउ’ अभियानबाट हामीले मनकारी मान्छेहरुसँग साक्षत बन्ने अवसर पायौं । त्यसैले ‘दिन जान्यो, बाँच्न जान्यो’ भन्ने भावनासहित ‘ओमकुमारी शान्ति कोष’ मार्फत आर्थिक अभावकै कारण अस्पताल पुग्न नपाएर ज्यान गुमाउन बाध्य विपन्न जिल्लाबासीको उपचारमा सहयोग जुटाउँन थाल्यौं ।

अभियानबाट संञ्चालन गरी उपचार गरिएकामध्य दुवै मृगौला फेल भएका मंगला गाउँपालिका, १ कुहुँका डकबहादुर रोकाको मृगौला प्रत्यारोपण गर्न सकियो । रोकाको उपचारमा ३० लाखबढी सहयोग जुटेको थियो । हाल रोका एक निजी विद्यालयमा शिक्षण पेशामा संलग्न छन । अहिलेसम्म अभियानबाट एक सय ५ जना विरामीको उपचारमा १ करोड ८५ लाख २४ हजारबढी सहयोग जुटायौं । एउटा निश्चित कोष भयो भने कम्तीमा ओछ्यान परेको विरामीलाई अस्पतालसम्म पु¥याउन सक्छौं । र सवै गरिव विरामीको उपचार गर्न संभव छ ।

, ओमकुमारी शान्ति कोष अक्षय कोष के हो ? अक्षय कोष स्थापना गर्न चलाएको अभियान कहाँ पुग्यो ?

शाक्य ः हामीले अहिलेसम्म सवै विरमीको उपचार खर्च विरामी पिच्छे सहयोग संकलन अभियान (क्याम्पेन) चलायौं । यसो गर्दा कोही विरामीको पहुँच पुग्ने र कुनै विरामीको उपचारमा कम सहयोग जुट्ने भयो । सहयोगमा एक रुपता आएन । पक्षधरता जस्तो भयो । त्यसैले सवै विरामीलाई आवश्यकताको आधारमा उपचार खर्च गर्न छुट्टै कोषको आवश्यकता महसुस गरियो ।

ओमकुमारी शान्ति कोषले २ करोडबढीको अक्षय कोष स्थापना गर्ने अभियान चलाएको हो । अक्षय कोष भए भविश्यमा हरेक विरामीकालागी पटक–पटक सहयोगको हात फैलाउनु पर्ने छैन । कोषबाट निश्चित मापदण्ड बनाई विरामीको उपचारमा खर्च गर्न सकिने छ ।

, अक्षय कोष निर्माण अभियान कहाँ कहाँ चल्यो ? कति रकम जम्मा भएको छ ?

शाक्य ः कतार, बहराईन, जापान, फ्रान्स, वेल्जियम, नेदरल्याण्ड, पोर्चुगलमा अक्षय कोष बृद्धी अभियान (क्याम्पेन) संञ्चालन गरियो ।

अभियानबाट अक्षय कोषमा ६० लाख नगद जम्मा भएको छ । थप ५० लाख रुपैयाँको वचन प्रतिवद्धता सहयोग जुटेको छ । हङकङ, युएई, अष्ट्रेलिया र युकेमा पनि क्याम्पेन तयारीमा छौं । विदेशमा बाहेक स्वदेशमा पनि सहयोग जुटेको छ । अक्षय कोष बृद्धीकोलागी संस्थागत ३ लाख, ब्यक्तिगत २ लाख सहयोग लिएर संरक्षक सदस्य बन्ने ब्यवस्था छ । हाल २१ जना ब्यक्ती÷संस्थाले संरक्षक सदस्य बनेका छन । यस बाहेक ५ सयबढी जिल्लाबासी ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरी आजिवन सदस्य बनेका छन । कोष जन्म, विवाह उत्सव तथा मृतकको तिथी मनाउने अवसर बनेको छ । सवै सहयोगी  हातहरुलाई मुरीमुरी धन्यवाद । उपचार पाएका आत्मको आर्शिवाद ति दातालाई अवश्य लाग्ने छ ।

, गरिव र आर्थिक अवस्था कमजोर भएको विरामीको पहिचान कसरी गर्नु हुन्छ ?

शाक्य ः विरामी (निकटतम आफन्त)को निवेदन, फोटो, नागरिकता, सम्बन्धीत वडा कार्यालयको शिफारिस, चेक अप भएको अस्पताल, स्पेशलिष्ट डाक्टरको प्रिकेप्सन राखेपछि कार्यसमितिको निर्णयबाट सहयोग यकिन गर्ने अभ्यास छ ।

कतिपय विरामी घरमा सिकिस्त छ । पैसा नभएर अस्पताल पुग्न सकेको छैन भन्ने जानकारी आएमा स्वसेवी परिचालनगरी विरामीलाई अस्पताल पुर्याउँछौं । अनि उपचार र खर्चको प्रवन्ध गर्छौं । आजभोली हरेक नागरिकको हातहातमा फेसवुक समेतका सामाजिक सँजाल पुगेको कारण विरामीको यथार्थ विवरण प्रमाणित हुने गरेको छ ।

, ओमकुमारी शान्ति कोषको अधिवेशन गर्ने कुरा पनि सुनिन्छ, कहिले हुन्छ ?

शाक्य ः कुनै पनि संस्था जीवित रहन, प्रजातान्त्रिक र पारदर्शी हुन, सयम सीमा भित्र आप्mनो साधारण सभा र अधिवेशन गर्नु पर्ने हुन्छ । संस्था स्थापनाको ५ बर्ष पुग्दैछ । आगामी चैतमा संस्थाको तेस्रो अधिवेशनको तयारीमा छौं । अधिवेशनमा नयाँ नेतृत्व चयन गर्ने छ ।

, ओमकुमारी शान्ति कोषको नेतृत्व गरी सयौं विरामीको उपचार खर्च जुटाउँदाको अनुभव कस्तो रह्यो ?

शाक्य ः हामी ठिक काम गरिरहेका छौं । ओमकुमारी शान्ति कोषको अक्षय कोष स्थापना गर्न विदेशमा संञ्चालन गरिएको क्याम्पेन होस वा जिल्ला भित्र संञ्चालन गरेका कोषका कुनै पनि कार्यक्रममा कोषको रकम खर्च गरेका छैनौं । हामी आप्mनै निजी खर्चबाट यतिका काम गरिरहेका छौं ।

काम गदौ सवैको अपेक्षा अनुसार त हुन्न । आजसम्म कसैले नराम्रो बोलेको छैन । सवै सहयोगका दुरुस्त अभिलेख राखेका छौं । हामीमाथी प्रश्न उठे, छानविनकालागी हिसाव किताव ब्यवस्थित गरी राखेका छौं । टिमले निर्णय गर्ने भएकोले रौं रौं आम्दानी र खर्च पारदर्शी गरेका छौं । संस्थालाई दिगो र संस्थागत गर्न अक्षयकोष एउटा माध्यम बन्ने छ । म ब्यक्तिगत रुपमा उत्साही र आप्mनो काममा सन्तुष्ट छु ।