FLASH NEWS
  • Loading...

दाउरे हिटर प्रभावकारी

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ६५९ पटक पढिएको
दाउरे हिटर प्रभावकारी

पर्यटकीय वस्ती घोडेपानी, चित्र, महरे, नागी, खोप्राका होटल र घरघरमा जोडिएको आगोले पानी तताउने प्रविधी (स्मोक हिटर)ले पुसको जाडोमा उपयोगी भएको छ ।

रगत नै जमाउला जस्तो चिसो पानीले नुहाउन त के मुख धुन नसकिने सकिन्न । तर स्मोक हिटर (दाउरे हिटर) जोडेपछि भने जाडोमा भाँडावर्तन, हातमुख, कपडा र नुवाईधवाई गर्न सहज भएको छ ।

‘ग्याँस वा विजुलीले खाना पकाउन छिटो, सफा र सजिलो भएपनि हाम्रो भुगोल र वातावरण अनुकुल हुँदैन । कम्तीमा जोडो मौषमका चार महिना दाउरा बाल्नै पर्ने बाध्यता छ’ घोडेपानीका पर्यटन ब्यवसायी शुशिल पुनले भने, ‘दाउराबाट पानी तताउने प्रविधी नजोडे पाहुनालाई पनि चिसोले सास्ती हुन्छ । हिमपातहुँदा झन टिक्नै सकिन्न ।’

होटलका सुधारिएको चुल्हो÷अगेनोमा जिआई पाईप विच्छाएर त्यही पाईपबाट पानी सप्लाईगरी ट्याङ्गीमा पठाईन्छ । बाहिरबाट आएको चिसोपानीलाई अगेनाको आगोले जीआई पाईपमा तताएर ट्याङ्गीमा पठाईने भएकोले ट्वाईलेट, बाथरुमा तातोपानी पुग्ने गरेको छ ।

सोलार हिटर तथा सुधारिएको चुहेसमेतको स्मोक हिटर जोडिएपछि चिसो क्ष्ँेत्रका पर्यटकीय क्षेत्रमा पुगेका पर्यटकलाई साझ ज्यान तताउन पनि सजिलो भएको छ । अन्नपूर्ण संरक्षण क्ष्ँेत्रका प्रायः होटलको डायनिङ्ग हलमा पर्यटकलाई तातो बनाउन समेत छुट्टै स्मोक हिटर राखिएको हुन्छ । हिमालपारीको मुस्ताङ्गका होटल तथा ब्यक्तिगत घरहरुमा पनि बाख्लो काम्लोले मोडिएका टेवल मुनी आगो बालेर हिटरको रुपमा प्रयोग गरिन्छ ।

‘अन्नपूर्ण सर्किटका घान्दु्रक घोडेपानीदेखी महरे, खोप्रामा दाउराले पानी तताउने र ज्यान तताउने स्मोक हिटर प्रचलनमा छन’ एक्याप घान्दु्रकका प्रशासन सहायक आनन्द सुवेदीले भने, ‘यहाँका होटलमा मात्र होईन ब्यक्तिका घर, सरकारी कार्यालय र विद्यालयमा समेत स्मोक हिटर जोडिएका छन । केहीमा भने सोलार हिटर पनि छन ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र