FLASH NEWS
  • Loading...

सहकारीलाइ साहुकारी नबनाउ †

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ५७८ पटक पढिएको
सहकारीलाइ साहुकारी नबनाउ †

जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्की (दिपक)ले जिल्लामा खुलेका बचत तथा ऋण सहकारीहरु सहकारीताको भावना र मर्म विपरित ‘साहुकारी’ बन्न थालेको आरोप लगाएका छन ।

‘सहकारीले उन्नतीकालागी लगानी गरौं । सहकारीहरु ऋणीको घरबास नै उठाउने सामन्ती ‘साहु’कारीमा रुपान्त्रण हुनु हु“दैन । छिट्टो धेरै कमाउने ध्याउन्नमा सहकारी लाग्दा केही सहकारी समस्यामा फस्न थालेका छन’ जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्कीले भने, ‘केही खराव ऋणीहरु सहकारी डुबाउने नियत राखेर पाखोबारीमा डोजर जोतेर सडकले छोएको फर्जी मुल्याड्ढन गराई जनताको पैसा दुरुपयोग गरेका छन ।’

शनिवार बेनीस्थित भुपुसैनिक बचत तथा ऋण सहकारी संस्थाको १३ औं साधारण सभा उद्घाटन गर्दै सहकारी संघका अध्यक्ष कार्कीले थपे ‘तरकारी, फलफुल, कुखुरा, अण्डा जस्ता उत्पादनमुखी क्षेत्रमा सहकारीता कार्यान्वयन नहु“दा कृषक ठगिने, उपभोक्ता मर्ने र विचौलिया मोटाएका छन ।’

त्यसैविच १३ बर्षदेखी बचत तथा ऋण सहकारीको रुपमा संञ्चालित भुतपूर्व सैनिक सहकारीले यस बर्ष १३ लाख ५५ हजार ७ सय ६६ खुद मुनाफा आर्जन गरेको जनाएको छ । एक करोड सात लाख बयासि हजार चक्ता पु“जी रहेको संस्थाले यस बर्ष १५ करोड १० लाख २० हजारबराबरको कारोवारगरी जगेडा कोष, आयकर, स्वरोजगारकोष आदीमा छुट्टाउने रकम विनियोजन गरी उक्त रकम खुद मुनाफा आर्जन गरेको हो ।

एक हजार ९७ जना शेयर सदस्य रहेकोे भुपु सैनिक बचत तथा ऋण सहकारी संस्थाले एसएमएस मोवाईल बैंकि¨ सहित आप्mनै भवनबाट आधुनिक बैंकि¨ प्रणाली अनुसार कारोवार संञ्चालन गर्दै आएको छ । संस्थाले सहकारीको सिद्धान्त र भावना अनुरुप काम गरिरहेको जनाएको छ ।

‘सवैलाई एउटै डालोमा राखेर ब्याख्या गरिनु न्यायोचित हु“दैन । हामी सहकारीको शिद्धान्त, भावना र मर्म अनुरुप नै चलेका छौं । संस्थालाई आधुनिकिकरण गरिएकोले पारदर्शी र प्रभावकारी बनेका छौं’ संस्थाका अध्यक्ष बालकृष्ण सुवेदीले भने, ‘कम जोखिमयुक्त ऋण लगानी छ । हामीले मुनाफा आर्जन गर्ने मात्र होईन सामाजिक उत्तरदायीत्व विभिन्न क्षेत्रमा पनी खर्च गर्ने गरेका छौं ।’

त्यसैविच संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत म्याग्दी बहुमुखी क्याम्पस विविएस पहिलो बर्षका छात्र तुलसीप्रसाद सापकोटा, कक्षा ११ का देवेन्द्र केसीलाई जनही १०–१० हजार र अमर मावि चिमखोलाको सामुदायीक विद्यालयका आविस्कार पाईजा र नेहा शेरपुञ्जालाई जनही ७ हजार ५ सयका दरले जेहेन्दार विद्यार्थीको छात्रबृत्ति प्रदान गरेको छ ।

बेनीको कोटभण्डार टोलस्थित आफ्नै भवनमा आयोजित भुपुसैनिक बचत तथा ऋण सहकारी संस्थाको १३ औं साधारण सभाले सचिव गणेश श्रेष्ठको प्रगति प्रतिवेदन, कोषाध्यक्ष हिरा श्रेष्ठको आर्थिक प्रतिवेदनलाई अनुमोदन गरेको छ । सचिव गणेश श्रेष्ठको संञ्चालनमा आयोजित साधारण सभाको उद्घाटन प्रमुख अतिथि सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्कीले गरे । कार्यक्रममा विशिष्ठ अतिथि बेनी नगरपालिकाका प्रशासकिय अधिकृत छवि सुवेदी, बेनी नगरपालिका, ८ का वडाध्यक्ष रामकृष्ण बराईलीले सहकारी संस्था र सहकारीता ब्यववहारिक अभ्यासको विविध पक्षमा चर्चा गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल