FLASH NEWS
  • Loading...

म्याग्दी–काली सहकारीको ११ औं साधारण सभा सम्पन्न

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ३७५ पटक पढिएको
म्याग्दी–काली सहकारीको ११ औं साधारण सभा सम्पन्न

सदरमुकाम बेनीमा रहेको जेठो संञ्चार सहकारी म्याग्दीकाली संञ्चार सहकारी संस्थाको ११ औं साधारण सभा शुक्रवार सम्पन्न भएको छ ।

०६४ सालमा सहकारी डिभिजन कार्यालयमा विधीवत दर्ता भएको संञ्चार सहकारी संस्थाले म्याग्दीकाली एफएम ८८.२ मेगाहर्ज, इन्टरनेट र केवल टिभी संञ्चालन गर्दै आएको छ । ५ सय ४९ जना शेयर सदस्य रहेको म्याग्दीकाली संञ्चार सहकारीमा ३ तीन करोडबढी शेयर रकम रहेको छ ।

एनालग सिस्टमबाट चलेको केवल टिभीलाई डिजिटल प्रविधीमा जाँदा लगानी थप्नु परेको तथा पुरानो प्रविधी खेर गै करोड बढी क्षति पुगेको, सामाजिक संञ्चाल सहित सूचना प्रविधीको विकासले एफ.एम रेडियोका श्रोता घट्दै गएको, फाईवरसहितको इन्टरनेट सवै टिभी उपभोक्ताको घरमा पुगेपनि इन्टरनेट सवैको घरमा पुर्‍याउन नसकिएको जस्ता कारण देखाएर साधारण सभामा औषतभन्दा कमजोर वित्तिय अवस्थाको प्रतिवेदन सार्वजनिक गरियो ।

त्यसैगरी साधारण सभामा मासिक ६५ हजारबढी भाडा तिरेर बस्नु परेकोले आफ्नै भवन बनाउन संस्थाले बेनी नगरपालिका, ७ मंगलाघाटमा घडेर खरिद गरिएको र यसैबर्षबाट भवन निर्माण थाल्न प्रकृया सुरु गरेको जानकारी गराईएको थियो ।

‘विविध कठिनाईका विच संस्थाले शेयरधनीलाई धेर थोर नगद लाभांश वितरण गर्छ । २ करोडबढी नगद मौजाद रहेकोले यस बर्ष भवन निर्माण गरी अर्को बर्षदेखी मासिक ठूलो घरभाडा बचत गर्दै जाने छौं’ अध्यक्ष प्रमोद श्रेष्ठले भने, ‘नयाँ प्रविधी र चुनौतिसँगै नयाँ अवसर पनि आउँछन । प्रविधीसँग अभ्यस्त नहुँदा अलमल झै भएको हो ।’

जिल्ला समवन्यय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा नेकपाका बालकृष्ण सुवेदी, काँग्रेसका माधव रेग्मी, शेयर सदस्यबाट सुवाष श्रेष्ठ, सहरकाी संघका प्रेमबहादुर कार्की, उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले शुभकामना मन्तब्य राखे । सधारण सभाको संञ्चालन सचिव रामजी सुवेदी, स्वागत उपाध्यक्ष विजय श्रेष्ठ, प्रतिवेदन कोषाध्यक्ष सुविन श्रेष्ठ प्रस्तुत गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल