FLASH NEWS
  • Loading...

घलेम्दी जलविधुतको लागत बढेको बढ्यै

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३३४ पटक पढिएको
Post Thumbnail

पुनहिल – अन्नपूर्ण गाउँपालिका, ३ नारच्याङमा निर्माणाधिन ५ मेगावाट क्षमताको घलेम्दी जलविधुत आयोजना अन्तिम चरणमा पुगेको छ । निर्माण ढिलाई हुँदा आयोजनाको लागत ह्वात्तै बढेको छ ।

०६७ सालमा वातावरणीय प्रभाव मुल्याड्ढन प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा १३ करोड प्रति मेगावाट लागत सार्वजिनक गरिएको थियो । ०७१ सालमा विधुत खरिद सम्झौता (पिपिए)गर्दासम्म आयोजनाको लागत बढेर १६ करोड ८० लाख पुगेको थियो । ०७२ सालभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको आयोजना ०७५ मंसिर दोस्रो सातामा आई पुग्दा ‘अन्तिम’ चरणमा छ । र लागत बढेर २३ करोड प्रति मेगावाट पुगेको छ । आयोजना सम्पन्न हुँदासम्म प्रति मेगावाट लागत बढेर २४ करोड नाघ्ने अनुमान छ ।

आगामी चैत मसान्तसम्म परिक्षण उत्पादन सुरु गर्ने लक्ष्य लिएको आयोजनाको सुरुङ्ग निर्माण पुरागरी अर्धभुमिगत पावरहाउस निर्माण गरिरहेको छ । मुहानतर्फ डाईभर्सन, पानी थिग्राउने पोखरी निर्माण भैरहेको छ । आयोजनाबाट दानास्थित सवस्टेसन जोड्ने ट्रान्समिसन लाईन निर्माण पुरा भएको छ ।

‘आयोजना निर्माणको अन्तिम चरणमा छ । चैतसम्म परिक्षण उत्पादन गर्छौं’ निर्माणस्थलमा रहेका संस्थापक संञ्चालक टंकबहादुर बरुवालले भने, ‘इलेक्ट्रिक सामाग्री निर्माणस्थल आईपुगेको छ । पावरहाउसको छाना राख्निे वित्तिकै मेशिन जडान सुरु हुन्छ ।’

१ हजार ३ सय जना संस्थापकको ३५ करोड ५० लाख र लम्बिनी र टुरिजम विकास वैंकको ५५ करोड लगानी रहेको घलेम्दी जलविधुत आयोजना सम्पन्न गर्न आईपिओवाट संकलित पुँजीले खर्च गरिने छ । आयोजनाको वित्तिय अवस्थामा अध्ययन गर्ने इर्का नेपालले ४ ग्रेडिङ्ग दिएको छ । ४ ग्रेडिङले आयोजनाको वित्तिय अवस्था औसत भन्दा कमजोर भन्ने बुझाउँछ ।

‘आयोजनाको लागत धेरै नै बृद्धी भएकोले प्रक्षेपण गरे अनुसार शेयरधनीले मुनाफा पाउने देखिन्न । संस्थापक शेयर हाल्ने सर्वसाधारण शेरधनी अलि खुसी भएनौं’ आयोजना निर्माणस्थल पुगेको संस्थापक शयरधनी एवं उद्योग वाणिज्य संघका पदाधिकारी सुविन श्रेष्ले भने, ‘संञ्चालकहरु छिटो निर्माणमा नजुटे, लागत थप बढ्ने र समयमै आयोजना सम्पन्न नहुने जोखिम छ ।’

पिपिए लाईसेन्स परिवर्तन, फाइनान्सियल क्लोजर परिवर्तन, भुकम्प र नाकावन्दी आदी कारणले निर्माणमा केही ढिलाई हुँदा आयोजना महंगो हुन पुगेको घलेम्दी जलविधुत आयोजनाले जनाएको छ । बराह शिखरबाट झर्ने हिमखोला भएकोले घलेम्दी जलविधुत रन अप द रिभर प्रकारको हो । आयोजनाले बर्षायाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट ८ रुपैया ४० पैसाका दरले विधुत खरिद गर्ने गरी प्राधिकरणसँग विधुत खरिद सम्झौता गरेको छ । १ हजार ३ सय जना संस्थापकको ३५ करोड ५० लाख र लम्बिनी र टुरिजम विकास वैंकको ५५ करोड लगानी रहेको छ । बाँकी आईपिओबाट जुटाईएको हो ।