FLASH NEWS
  • Loading...

धौलागिरीमा पुग्यो इन्टरनेट

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २३७ पटक पढिएको
Post Thumbnail

जिल्लाको दुर्गम धवलागिरी गाउँपालिका कार्यालयमा वल्न इन्टरनेट पुगेको छ । भौगोलिक रुपमा जिल्लाको ४५ प्रतिशत भुगोल ओगट्ने धौलागिरी गाउँपालिकामा अहिलेसम्म विधुतको केन्द्रीय लाईन पनि अझै पुगेको छैन । धेरै स्थानमा बल्न मोवाईलको भ्वाईस सेवा मात्र पुगेको छ ।

टेलिकमले धौलागिरी गापा,३ मुदीको फालडाँडामा रहेको मोवाईलको रिपिटर टावरमा डाटा सहितको सेवा जडान गरेपछि त्यस क्षेत्रमा इन्टरनेट पुगेको हो ।

गाउँपालिका केन्द्र मुनामा गत जेठबाट मात्र नेपाल टेलिकमले पहिलो पटक भ्वाईस सहितको मोवाईल सेवा पुर्‍याएको थियो । टेलिकमले पोईन्ट टु पोईन्ट प्रविधीको इन्टरनेट राख्न रिपिटर टावर र गापा कार्यालयमा छुट्टाछुट्टै डिभाईस जडानगरी २ एमवि पिएस क्षमताको इन्टरनेट पुर्‍याएका हुन ।

गापा केन्द्र तोकिएका वस्तीमा इन्टरनेट नहुँदा स्वंए गापा कार्यालयको सम्मर्क कार्यालय बेनीमा राख्नु परेको थियो भने वैंक तथा वित्तिय संस्था गाउमा पुगेका थिएनन । गाउँपालिकाले डाटा सहितको मोवाईल र हाई स्पीडको डेलिगेटेड इन्टरनेट पुर्‍याउन टेलिकमको टावर राख्ने जग्गा, उपकरण राख्ने भवन र विधुत तथा ब्याट्रिको ब्यवस्था गरेको थियो । टेलिकमले प्राविधिक र उपकरण मात्र जडान गरेको हो ।

‘इन्टरनेट पुगेपछि अव एउटा ईमेल चेक गर्न एक दिन हिंडेर सदरमुकाम पुग्नु पर्ने बाध्यता हटेको छ । कार्यालयको दैनिक काम तथा सेवा प्रवाह सहज साथै संघ तथा प्रदेश सरकारका एनकानुन, निती, निर्देशन र चिठी पत्र आदान सहज भएको छ’ प्रशासकीय अधिकृत अर्जुन शर्माले भने, ‘गाउँमै इन्टरनेट आएपछि सदरमुकाममा रहेको सम्पर्क कार्यालय समेत हटायौं । अव बैंक तथा वित्तिय संस्थालाई गाउँ आउन सहज हुने छ ।’

तेस्रो पुस्ताको (थ्रिजी) इन्टरनेट सहितको बिटीएस टावर सञ्चालन भएपछि धौलागिरी गाउँपालिका केन्द्र मुना समेत वरपरका वस्ती मुदी, खिवाङ, खोरीया, फलीयागाउँ, लुलाङ्ग, घट्टेखोला क्षेत्रमा पनि मोवाईल सेवा सहज भएको छ । मोवाईट टावर क्षेत्रमा विद्युत नपुगेकोले सोलार (सौर्य) उजर्ामा निर्भर हुनु पर्ने बाध्यता भने यथावत छ ।