- Loading...
सरकारले भन्यो- कालापानी नेपालको हो
- पुनहिल डट कम
- ५ साल अघि
- १२० पटक पढिएको
नेपालको भूभाग भारतले आफ्नो राजनीतिक नक्शामा समावेश गरेपछि नेपाल सरकारले त्यसको प्रतिवाद गरेको छ।
भारतले हालै प्रकाशित गरेको राजनीतिक नक्शामा नेपालको कालापानी क्षेत्रसमेत समेटिएपछि सरकारले आपत्ति जनाएको छ।
२० कात्तिकमा प्रेस विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले सरकार नेपालको अन्तर्राष्ट्रिय सिमाना रक्षाका लागि प्रतिवद्ध रहेको जनाएको हो।
विज्ञप्तिमा सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवं तथ्य प्रमाणहरूको आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा सरकार दृढ रहेको जनाइएको छ।
१७ कात्तिकमा भारतले सार्वजनिक गरेको राजनीतिक नक्शामा नेपालको कालापानी क्षेत्र लगायतका भूभाग भारतीय भूमिमा राखिएको छ। नेपालमा त्यसको व्यापक विराेध भएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत् आधिकारिक धारणा सार्वजनिक गरेको हो।
सरकारले कालापानी नेपालको भूभाग भएकोमा स्पष्ट पारेको छ।
विज्ञप्तिमा सीमा सम्बन्धी समस्याहरू दुई देशका मन्त्रीस्तरीय आयोगले गर्नुपर्ने उल्लेख छ। “दुई देशबीच सुल्झाउन बाँकी सीमा सम्बन्धी विषयहरू दुवै पक्षको आपसी सहमतिमा टुङ्ग्याउनु पर्ने र एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाललाई मान्य नहुने”, विज्ञप्तिमा भनिएको छ।