FLASH NEWS
  • Loading...

कोरोनाबाट गण्डकीमा थप ८ संक्रमितले ज्यान गुमाए

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १५३ पटक पढिएको
कोरोनाबाट गण्डकीमा थप ८ संक्रमितले ज्यान गुमाए

पोखरामा कोरोना संक्रमणबाट थप ८  जनाको मृत्यु भएको छ ।

पोखरा महानगरका ४ जना, बागलुङका २ जना तथा तनहुँ र नवलपुरका १ -१ जना गरि गण्डकी प्रदेशमा थप  ८ जनाको कोरोनाबाट मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

पोखरा महानगर ५ की ५९ वर्षीया संक्रमित महिलाको सोमबार राति ११ :०० बजे,  पोखरा १३ का ५५ वर्षीय पुरुषको मंगलबार बिहान ११ : ४५  बजे, पोखरा ६ का ७२ वर्षीय पुरुषको सोमबार बिहान ४ : १५ बजे र  पोखरा ३  का ५२ वर्षीय पुरुषको सोमबार बिहान ११ : ४५ बजे पोखरामा उपचारको क्रममा मृत्यु भएको जानकारी स्वास्थ्य निर्देशनालय गण्डकीले  मंगलबार दिएको हो  ।

त्यसै गरि निर्देशनालयले तनहुँ ६ ब्यासका ६६ वर्षीय पुरुषको सोमबार बिहान २ : १५ बजे, बागलुङ ३ का ६६ वर्षीय पुरुषको मंगलबार बिहान १० : २०  बजे, बागलुङ ३ का ६१ वर्षीय पुरुषको सोमबार बेलुका ५:३०  बजे, नवलपुर देवचुली ११ का ८० वर्षीय पुरुषको आइतबार बिहान ११: २६ बजे मृत्यु भएको जनाएको छ ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८ पुगेको छ ।