- Loading...
पिरामिड शैलीको नेटवकिङबाट ठगी गर्ने पक्राउ
- पुनहिल डट कम
- ४ साल अघि
- ८० पटक पढिएको
पिरामिड शैलीको नेटवकिङगरी ठगी गरेको आरोपमा प्रहरीले ओरियन्स कम्पनीका स्थानीय नेटवर्ककर्तालाई पक्राउ गरेको जनाएको छ ।
भारतिय कम्पनी ओरियन्स ग्लोलव मार्केङि प्रालिले भारतमा उत्पादन गर्दै आएका विभन्नि नामका फुड सप्लिमेन्सलाई नेपालमा ल्याई विभिन्न ब्यक्तिलाई पिरामिड सैलीमा नेटवकिङ गरी समुहमा विक्रि गर्ने र कमसिन को प्रलोभनमा अर्को समुह बनाउँदै सामान वेच्दै गरेको आधारमा
कास्की पोखरा महानगरपालिका, १५ मालेपाटनमा रहेको गण्डकी हर्वल स्टोर्सका सञ्चालक पर्वत जिल्लाको जलजला गापा, ७ मिलनचोकका होमनाथ जैसी, सोही ठाउँका सरोज शर्मा र काठमाण्डौ महानगरपालिका, ४ टोखा वस्ने प्रदिप रिजाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उक्त कम्पनीले पर्वतको जलजलामा बसेर म्याग्दीका विभिन्न गाउँका १ सय ४१ जना ब्यक्तिमार्फत २ सय ५३ जनालाई पिरामिड नेटवर्कमा आवद्ध गराई अवैध सामान विक्रि वितरण गरेकोले ठगी मुद्धामा अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डाक्टरप्रसाद चौधरीका अनुसार उक्त नेटवर्कको पर्वत कार्यालय रहेकोले प्रहरी अनुसन्धानको कार्यक्षेत्र पर्वत प्रहरीलाई उक्त मुद्धा अनुसन्धानकालागी हस्तान्त्रण गरिएको छ ।
नेटवर्कका स्थानिय संञ्चालकबाट बरामद गरिएको वस्तु प्रत्यक्ष विक्री ब्यवस्थापन तथा नियमन गर्ने ऐन ०७४ अन्र्तगत वाणिज्य आपुर्ति तथा उपभोक्रा संरक्षण विभागमा पठाएको पनि प्रहरीले जनाएको छ ।