FLASH NEWS
  • Loading...

कुटपीटमा गम्भीर घाईतेलाई हेलिकोप्टरबाट पोखरा पुर्‍याईयो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ११२ पटक पढिएको
Post Thumbnail

रघुगंगा गाउँपालिका, ६ कोटगाउँमा शनिवार राती युवाहरुको दुई समुह विच झडपहुँदा गम्भीर घाईते डम्बर पुन (३५)लाई बेनी अस्पतालमा उपचार हुन नसक्ने भएपछि पोखरा मणीपाण अस्पताल पुर्‍याईएको छ ।

रहुगंगा गापा, ६ रातामाटा र कोटगाउँका युवाहरु विच सामुहिक झडप भएको हो । झडपमा अर्को समुहले कुटपीटगरी भीरबाट खसालेपछि गम्भीर घाईते भएका पुनलाई स्थानीले आईतवार विहान उद्धारगरी बेनी अस्पतालमा पुर्‍याएकोमा बेनी अस्पतालले उपचार संभव नभएको भन्दै पोखरा रिफर गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी किरणजंग कुँवरका अनुसार घट्नाको थप विवरण प्राप्त भएको छैन । प्रहरी भर्खर घट्नास्थल पुगेर अनुसन्धान थालेको जनाएको छ ।