FLASH NEWS
  • Loading...

बाबियाचौर–दरवाङ्ग सडक कालोपत्रे हुने

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ४७१ पटक पढिएको
बाबियाचौर–दरवाङ्ग सडक कालोपत्रे हुने

म्याग्दी, ३० साउन ।

बेनीबाट पश्चिम दरवाङ जोड्ने सडक कालोपत्रे हुने भएको छ । बेनी–दरवाङ् २४ किमी सडकको लाम्पाटा–दरवाङ ६.८ किलोमिटर खण्ड गण्डकी प्रदेश सरकारको सहयोगमा कालोपत्रे गरिने भएको हो ।

२२ करोड लागतमा सडक कालोपत्रे गर्ने काम विहिवार मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका र उपाध्यक्ष खरमायाँ विटालुले संयुक्त रुपमा शिलन्यास गरे । विरुवा क्याराभान कन्टक्सनले २४ महिना भित्र नाली सहित ७ मिटर चौडा सडकमा कालोपत्रे गर्ने ठेक्का लिएको हो ।

‘गाउँपालिका केन्द्रसम्म सडक पीच गर्न सीमा क्षेत्रबाट सुचारु गरेका छौं । दुई बर्ष भित्र ७ मिटर पीच सहित नाली र ड्रेनसहितको पक्की सडक जोड्छौं’ मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले भनिन, ‘सडकमा काम गर्ने कुनै अवरोध नल्याउन गाउँपालिकाले पुरै सहयोग गर्छौं ।’

सदरमुकाम बेनीदेखी मंगला गाउँपालिकाको दुखुखोलासम्म १७ किमी सडकका समानान्तर लामा जेभीले पीच गर्ने प्रकृया थालेको ०७६ माघमा म्याद सकिन्छ । सडकमा अझै नाली बनाउने र चौडा पार्ने काम ज्यूका त्यू छ ।