FLASH NEWS
  • Loading...

पीडितको आवश्यकता पहिचान नगरी राहत वितरण, केही राहत मापदण्ड विपरितका

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ११३ पटक पढिएको
पीडितको आवश्यकता पहिचान नगरी राहत वितरण, केही राहत मापदण्ड विपरितका

पहिरो प्रभावितहरुको वर्गिकरण नगरी राहत पठाउँदा आवश्यकता एकापट्टी राहत अर्को तर्फ हुने जोखिम बढेको छ । केही दाताले पहिरो प्रभावित धौलागिरी र मालिका गाउँपालिका क्षेत्रमा पठाएको राहतको विवरणले राहत मापदण्ड विपरित देखिएको छ ।
पीडितहरुको लैङ्गिक तथा उमेरगत विवरण नखुल्दा दाताहरुलाई सहयोगको क्षेत्र नखुल्दा राहत सामाग्री जुटाउन र सहयोग पठाउन समस्या भएको हो । विपत अएको एक साता पुग्दासम्म जिल्ला विपद ब्यवस्थापन समितिले प्रभावित क्षेत्रमा कति बृद्ध, बृद्धा, बालिका, बालक तथा महिला एवं पुरुष पीडित हुन एकिन तथ्याङक राख्न सकेको छैन ।
‘वल्न पहिरो पीडितको घरपरिवार संख्या खुलेको छ । खाद्यान्न समेत ओढ्ने/ओछ्याउने कम्बल, टेन्ट/त्रिपाल पुग्न थालेको छ’ सहायक प्रमुख जिल्ला अधिकारी महेस सुवेदीले भने, ‘महिला पुरुष तथा उमेरगत विवरण अझै प्रष्ट भैनसकेकोले पीडितका आवश्यकता पहिचान भएको छैन । तथ्याङ्क संकलन गर्न लगाएका छौं ।’
पहिरो प्रभावित क्षेत्रमा अधिकांश दाताले दालचामल, नुनतेल, चाउचाउ, विस्कुट समेतका खद्यान्न तथा ब्लान्केट, म्याटिस र पाल मात्र पठाएका छन । तर अधिकांश पीडितहरु परिवारका सदस्यसमेत घरखेत र धनसम्पत्ति गुमाएका कतिपय पीडितहरु आङको एक सरो कपडामा ज्यान जोगाएका हुन । छिमेकीले दिएको पुरानो जडौरी कपडाको भरमा एक सातादेखी पालमा बसेका छन ।
जिल्ला विपद ब्यवस्थापन समितिको सचिवालय समेत रहेको जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको राहतको विवरण अनुसार शिविरमा बसेका ६ सय १० जना पहिरो पीडितकालागी जम्मा १ प्याक लुङ्गी, १ पेक पेटिकोट, एक पेक सर्ट, ३ थान खास्टो, ७ वटा पेन्टी, ४ जोर चप्पल, १ पिस फ्रक, ट्याकसुट २ सेट, अलादिन १ वटा, वच्चा पाईन्ट १ वटा मात्र सामाग्री पठाईएको छ ।


उपलब्ध गराईएको राहत सामाग्रीको विवरणले सरकारले तयार पारेको राहत मापदण्ड विपरित रहेको प्रष्ट देखाएको छ । राहत दिँदा पीडितको मागको आधारमा गुणस्तरीय सामाग्री मात्र दिनु पर्ने ब्यवस्था भएपछि यहाँ वितरण गरिएको राहत सामाग्री यो मापदण्ड पालना भएको छैन ।
‘कतैपनि पहिरो प्रभावितको उमेरगत र लैङ्गीक विवरण उपलब्ध नभएपछि हामीले खोप कार्यक्रमको आधारमा बालबालिका र कुल प्रभावितमध्य ६० प्रतिशत महिला, ४८ जना २ बर्ष मुनकिा बालबालिका छन भन्ने अनुमानका आधारमा ल्याक्टोजिन, सेनिटरी प्याड समेतका सामाग्री पठाएका हौं’ गैरसरकारी संस्था महाँसघको अध्यक्ष दिपक पौडेलले भने, ‘यता राहत छ, उता चाहिएको छ तर सडक पहुँच नहुँदा राहत पुर्‍याउन मात्र होईन तथ्याङ्क संकलनमै समस्या भएको हो ।’
राहत सामाग्री पीडितहरुको आवश्यकता र तथ्याङ्कको आधारमा नपठाउँदा दालचामल र जंङ्कफुड मानिने चाउचाउ विस्कुटको थुप्रो लग्ने अवस्था भएको जनाईएको छ । ज्यानको एकसारो कपडामा ज्यान बचाउन घर छोडेर भागेका पहिरो पिडितकालागी हालसम्म कुनै लत्ता कपडा पुग्न सकेको छैन ।
‘पहिरो प्रभावित क्षेत्रमा प्रभावकारी ब्यवस्थापनमा समस्या देखिएको छ । एक साता वित्दासम्म पीडितहरुको एकिन (उमेर, लिङ्ग आदी)को विवरण नआउँदा पीडितको आवश्यकताको आधारमा नभै दाताको इच्छा अनुसार राहत पुगेको देखिन्छ’ नेपाल रेडक्रस म्याग्दीका उपमन्त्री सुरत केसीले भने, ‘पहिरोले स्थलमार्ग अवरुद्धहुँदा उद्धारकर्ता पुग्न र राहत पुर्‍याउन कठिन भएको छ । राहत पुर्‍याउन हेलिकोप्टर प्रयोग गर्दा ढुवानी महंगो भएको छ ।’
गत असार २७ गते विहान विषण वर्षापछि आएको पहिरामा परि धौलागिरी गाउँपालिका, ६ मराङको रिखा, दमका, कल्लेनी र राम्चेका १९ जनाको मृत्यु, २ जना वेपत्ता र ९ जना घाईते भएका थिए । घाईते मध्य चार जनाको पोखरामा उपचार भैरहेको र अन्य उपचारपछि आपतकालिन फर्केका छन ।
पहिरोमा पुरिएर ७२ घर पूर्णरुपमा बग्दा/पुरिँदा ५ सय १५ जना र घर आंशिक क्षति भएका तर जोखिमको कारण २ घरका १९ जना विस्थापित भै आपतकालिन शिविरमा रहँदै आएका छन ।
त्यसैगरी सोही दिनको बर्षापछि आएका छुट्टै पहिरोमा परी मालिका गाउँपालिका, ७ विम ८ जनाको मृत्यु, २ जना वेपत्ता र ३ जना घाईते भएका थिए । घाईतेमध्य १ जनाको पोखरामा उपचार भैरहेको छ । अन्य बेनी अस्पतालमा उपचारपछि अस्थाई शिविरमा फर्केका छन ।
विममा पहिरोमा परी २० घर पूर्णरुपले पुरिएको/बगेपछि ९१ जना विस्थापित भएका छन । ४२ घरमा आंशिक क्षति भएको छ । घरमा क्षतिभएपछि ज्यान जोगाउन भागेका १ सय ८५ जनालाई पनि आपतकालिन शिविरमा राखिएको छ । विममा घरमा क्षति नभएपनि ३० घरका १ सय ४१ जना पहिरोको उच्च जोखिममा परेका छन ।