FLASH NEWS
  • Loading...

कहिले खुल्ला बेनी–जोमसोम सडक ?

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ९५ पटक पढिएको
कहिले खुल्ला बेनी–जोमसोम सडक ?

गण्डकी प्रदेशको लाईफलाईन मानिएको उत्तर–दक्षिण सिमाना जोड्ने सवैभन्दा छोटो दुरीको सडक कालीगण्डकी करिडोर अन्र्तगत बेनी–घाँसा खण्ड बाढीपहिरो उच्च जोखिम क्षेत्र मात्र होईन, तटिय वस्तीकालागी सँधैको त्रास पनि हो ।
कालीगण्डकी करिडोर अन्र्तगतको बेनी–जोमसोम–कोरला सडकको बेनी–लेतेसम्मको ३८ किमी सडक खण्डमा कम्तीमा दर्जनबढी सानाठूला पहिरा झरेका छन । रघुगंगा गाउँपालिका, ३ पिप्लेको गलेश्वर स्थित राहुघाट खोलाले गलेश्वर स्थित बेलीव्रिज बगाएपछि बेनीबाट मुस्ताङ लाग्ने प्रवेशद्धारमै यातायात विच्छेद छ ।
बेलिव्रिजको छेउमा बेनी–जोमसोम–सडक मापदण्ड अनुसारको पक्की मोटरपुल बनाउन फाउण्डेसन खनेर अलपत्र छोडिएको छ । शर्मा/युनाईटेड विल्डर्स जे/भी काठमाण्डौले एकापट्टी आधा र अर्कोपट्टी केही फाउण्डेसन राखेपछि एक बर्षदेखी अलपत्र छोडेको भागबाट गत असार २७ गते रहुघाट खोलामा आएको बाढीले कटान गरेपछि बेलिव्रिजको फाउण्डेसन ढल्दा मुस्ताङ र जिल्ल्लाका उत्तरी भेगका दुई गाउँपालिका यातायातबाट विच्छेद भएका हुन ।
सडक विच्छेद भएपछि बेनी–जोमसोम सडक आयोजनाले एकापट्टीको फाउण्डेसनसँगै ढलेको बेलिव्रिजलाई टुचेन लगाएर उठाउने र जगमा ग्याभिन जाली भरेर उठाउने र माथी आरसिसी विम राखेर त्यसमाथी बेलीब्रिज राख्ने तयारी गरेको जनाएको छ ।
‘मौषमले साथ दियो भने १८–२० दिनमा राहुघाटको बेलिव्रिज पुन:सूचारु गर्छौं’ बेनी–जोमसोम–कोरला सडक योजना प्रमुख असोक तिवारीले भने, ‘व्रिज थुपुक्क बसेको मात्र भएकोले उठाउन संभव देखिएको छ । टुचेनले उचालेर तल ग्याभिनको फाउण्डेसनराखी अस्थाई रुपमा गाडी चलाउन योग्य बनाउने लक्ष्य छ ।’
बेनी–जोमसोम सडकमा गलेश्वर पुलमा मात्र होईन, ६ किमी क्षेत्रमा चमेरे र बैंसरीका दुई वटा पहिरा निरन्तर सडकमा खसिरहन्छ । १५ किमी माथीपुगेपछि आउँछ, बेगखोला । बेगखोलामा आएको बाढीले तीन बर्ष अघि बेनी–जोमसोम सडकको बेलीव्रिज बगाएको थियो । अझै अर्को पुल बनेको छैन । खोलामा पानीको सतह घटेपछि गाडी चलाउने र पानी पर्दा यातायात यो खोलाले निक्कै रोक्छ । बेगखोलामा यातायात घाम–पानीको भरमा संञ्चालन हुन्छ ।
बेनीबाट ३० किलोमिटर माथी पुगेपछि सुरु हुन्छ, बेनी–जोमसोम सडकको मुख्य पहिरोग्रस्त क्षेत्र । अन्नपूर्ण गाउँपालिका, ३ दानाको खामभित्तामा कालीगण्डकीले तलबाट सडक वेससहित तानेर नदिमा मिसाएपछि डार्भसन बनाउन समेत समस्या भएको छ । त्यसैगरी दानाकै द्धारीखोलामा माथीबाट निरन्तर पहिरो झरेकोले सडक पूर्ण अवरुद्ध छ ।
म्याग्दी र मुस्ताङ सीमावर्ती काप्रेभीर/बाँदरजुँगभीरमा दुई वटा पहिरो खसेको छ । एउटा माथीबाट झरेको पहिरोले वेस सहित सडक कालीगण्डकीमा खसालेको छ । अर्को कालीगण्डकी नदीले तलबाट वेस कटान गर्दा सडक भासिएर कालीगण्डकीमा मिसिएको छ ।
बेनी–जोमसोम सडकको स्तरउन्नत गराउने काम सुरु भएपनि ढिला सुस्तीले सडक थप जोखिमयुक्त बनेका छन । पहिरोग्रस्त क्षेत्रमा ठेकदारले डोजर चलाएर छोडेरकोहुँदा मनसुन सुरु भएपछि पहिरो खस्न सुरु भएको छ । कतै भित्तो काटेर छोडेको, भत्काएको ढुङ्गामाटो सडकमै छोडेकोले जोखिम भएको छ । सडकमा गाडीहरु बाक्लो हिलो भएकोले गाडी फस्ने, चिप्लिएर दुर्घटनामा पर्ने गरेका छन ।
आयोजनाका अनुसार २० किमी खण्डको प्रत्यक प्याकेज मध्य पहिलो बेनी–तातोपानीसम्म शर्मा/युनाईटेड जेवि र तातोपानी–घाँसा खण्डमा शर्मा/गजुरमुखी जेभिले ठेक्का लिएको भएपनि काम भने अर्कै कम्पनीले गरिरहेको छ । यी दुवै खण्डमा ठेकदारले छिटो काम गर्न नसक्दा बाढीपहिरोको जोखिम भएको हो ।