- Loading...
यस्तो छ गण्डकीको ३४ अर्ब ८४ करोड बजेट
- पुनहिल डट कम
- ४ साल अघि
- १५५ पटक पढिएको
गण्डकी प्रदेश सरकारले ३४ अर्ब ८० करोड रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले त्यतिको बजेट सोमबार गण्डकी प्रदेशसभामा प्रस्तुत गरे । यो चालू आर्थिक वर्षको भन्दा २ अर्ब ७० करोड ७३ लाख ६८ हजार बढी हो । चालूतर्फ १४ अर्ब ३४ करोड ५६ लाख ८४ हजार (४१.२ प्रतिशत्) र पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार (५७.४) प्रतिशत बजेट विनियोजन गरिएको छ ।
२ अर्ब ७० करोड रुपैयाँले बजेटको आकार वृद्धि गरेको गण्डकी प्रदेशले स्रोत जुटाउन अधिकार क्षेत्रभित्रका सबै शीर्षकबाट रकम जुट्ने योजना बनाएको छ ।
प्रदेश सरकारको बजेटका स्रोतहरूमा आन्तरिक राजस्व, संघीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटको रकम, ४ प्रकारका अनुदान, प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी, यस वर्षको मौज्दात र आन्तरिक तथा संघीय सरकारले उपलब्ध गराउने ऋण शीर्षकका रकम हुन् । यसमध्ये आन्तरिक ऋण र संघीय सरकारसँग १/१ अर्बका दरले ऋण लिने उसको योजना छ । दुवै प्रकृतिको ऋण लिने योजना यो प्रदेशले मात्रै अघि सारेको हो ।
सबै क्षेत्रबाट प्राप्त हुने भन्दै गण्डकी प्रदेशले आगामी आर्थिक वर्षका लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । चालु वर्षका लागि भने ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो । बजेटको आकार बढाएसँगै यो प्रदेशले पनि सांसदहरूका नाममा एकमुस्ट ७२ करोड रुपैयाँ विनियोजन गरेको छ ।
कोभिड–१९ लक्षित औषधि उपकरण खरिद कोषका लागि ६० करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ । व्यवसाय जीवन रक्षा कोषका लागि भने १ अर्ब रुपैयाँ छुट्याएको छ । स्वदेश तथा विदेशमा कोरोनाबाट रोजगारी गुमाएकालाई सीप, पुँजी र प्रविधि शीर्षकमा १८ करोड ४२ लाख रुपैयाँ छ । संघ र स्थानीय तहको साझेदारीमा सीप विकास तालिमका लागि पनि १० करोड ५० लाख बजेट राखिएको छ । कृषितर्फ कोभिड–१९ लक्षित कार्यक्रमका लागि १८ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
gandaki_province_budget