- Loading...
संविधान संशोधनको खुशियालीमा…
- पुनहिल डट कम
- ४ साल अघि
- १०८ पटक पढिएको
नेपाली भूमि लिपुलेक र लिम्पियाधुरा समेटेर जारी गरिएको नयाँ नक्सा र निशान छापको अध्यावधिकको लागि शनिवार संविधानको दोस्रो संसोधन विधेयक २०७७ प्रतिनिधिसभाबाट सर्वसम्मतीले पारित भएको खुसियालीमा म्याग्दी समेत देश भरका सहरहरुमा दिपावली गरिएको छ ।
नेपालको संविधानको दोस्रो संसोधन २०७७ प्रतिनिधि सभाबाट शनिवार पारित भएको खुसियालीमा नेकपाको भात्रृ संगठन युवा संघ नेपालले म्याग्दी सदरमुकाम बेनीको विरेन्द्रचोकमा चोकमा आजको दिनलाई ऐतिहासिक भन्दै दीप प्रज्ज्वलन गरेर खुशियाली मनाइएको छ।
प्रतिनिधि सभाबाट आज निशान छापमा नेपालको नयाँ राजनीतिक नक्शा प्रयोग गर्ने विधेयक पारित भयो। र, यो विधेयक राष्ट्रिय सभाबाट भोलि पेश गर्ने कार्यसूची छ। सरकारले औपचारिक रूपमा आह्वान नगरेपनि नागरिकहरू स्वतःस्फुर्त रूपमा दीप प्रज्ज्वलनमा सहभागी भएका छन्।
प्रतिनिधि सभाको बैठकमा उपस्थित २५८ जना सांसदहरूले संविधान संशोधन विधेयकको पक्षमा मतदान गरेका थिए। सरकारले ऐतिहासिक काम गरेको बताउदै शनिवार प्रतिनिधि सभामा नेपालका राजनीतिक दलहरुले राष्ट्रियताको पक्षमा देखाएको अभुतपुर्व एकताले विश्व सामु एक प्रकारको सन्देश दिएको बताएका थिए ।