- Loading...
शैक्षिक सामाग्री वितरण
- पुनहिल डट कम
- ५ साल अघि
- ३७५ पटक पढिएको
म्याग्दी, २४ जेठ ।
चितवनको नारायणगढमा मुख्यालय रहेको डिप्रोक्स लघुवित्त वित्तिय संस्थाले म्याग्दीको मंगला गाउँपालिका, २ सिमलचौर स्थित एक आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीकालागी शैक्षिक सामाग्री सहयोग गरेको छ ।
संस्थाले सामाजिक उक्तरदायीत्व कार्यत्रम अर्न्तगत मंगला गाउँपालिका कार्यक्षेत्रका लघुवित्तबाट सेवा लिएका ८० जना (सेवाग्राही) ऋणीका छोराछोरीलाई २ हजार नगद सहित स्थानीय प्रभात आधारभुत विद्यालयमा अध्ययनरत ४४ जना छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
संस्थाका तातोपानी शाखा प्रवन्धक जीवन पराजुलीका अनुसार शैक्षिक सामाग्रीमा ५० हजार मुल्य बराबरका विद्यार्थी पोसाक, नोटवुक, पेन्सील, विद्यालयलाई फोटोकपी सहितको ब्रोदर कम्पनीको प्रिन्टर मेशिन, एक जोडी ब्याडमिन्टन, एक रोल कर्क, रवर वल, क्यारेमवोर्ड सहित शैक्षिक सामाग्री छन ।
देशका ७१ जिल्लामासमेत एक सय २० शाखा कार्यालय रहेको डिप्रोक्स राष्ट्रिय लघुवित्त संस्थाको बेनी नगरपालिका, ४ तातोपानीमा शाखा कार्यालय रहेको छ ।
तस्वीर सौजन्य ः रीना कार्की, डिप्रोक्स लघुवित्त वित्तिय संस्था, तातोपानी शाखा ।