- Loading...
यस्तो छ, आजको मौषम
- पुनहिल डट कम
- ४ साल अघि
- १०८ पटक पढिएको
आज बुधवार गण्डकी प्रदेशका हिमालपारीका मुस्ताङ, मनाङबाहेक सवै जिल्ला समेत देशभरको मौषम वदली भएको छ । पूर्वदेखीमध्यसम्मको भु–भागमा मनसुनी वायु सक्रिय छ । प्रदेश ६ र ७ मा भने पश्चिमी वायु सकृय छ । जेठ ३० गतेदेखी पूर्वी भागबाट मनसुन प्रवेशगरी विस्तारै पश्चिम तर्फ सर्दै गएको र देशको पश्चिमी क्षेक्रमा मनसुन सत्रिय हुन अझै केही दिन लाग्ने छ ।
गण्डकी प्रदेशमा मध्यदेखी मध्यम बर्षा हुने भएपनि प्रदेश १, २ र बाग्मती प्रदेशको केही स्थानमा भारी बर्षाको संभावना रहेको मौषम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पृथ्वीमा ६ प्रकारका मनसुन सकृय छन । अफ्रिकी मनसुन, उत्तर अमेरिकी मनसुन, उत्तरपूर्व भारतिय मनसुन, दक्षिण एसियाली मनसुन र युरोपेली मनसुन ।
हिन्द महासागरबाट बंगालको खाडीहुँदै दक्षिणपूर्वी दिशाबाट बर्खा याममा आउने (गृष्मकालिन बर्षा) दक्षिण एसियाली मनसुन हो । हिँदमा अरवसागरबाट चिसो हावाले ल्याउने मनसुन (शितकालिन बर्षा) उत्तरपूर्वी भारतीय मनसुन हो ।
पृथ्वी पश्चिमबाट पूर्वतिर फन्को मार्दै घुमिरहने हुनाले दक्षिणमा अवस्थित हिन्द महासागर र बंगालको खाडीबाट उठ्ने जलवाष्पयुक्त हावालाई उत्तरी क्षेत्रमा फैलिएको हिमालय पहाड श्रृखलाले छेक्ने हुँदा भारतको पश्चिमी तटबाट भित्र घुसेर नेपालको पूर्व मेचिहुँदै हिमालको फेदै फेद पश्चिम तर्फ बग्छ । त्यसैले नेपाल पस्ने मनसुनलाई दक्षिण–पूर्व मनसुन भन्ने गरिन्छ ।
मनसुनले मेघालय (भारतको) चेरापुन्जीमा अधिक बर्षा गराउँछ । नेपालमा भने गण्डकी प्रदेशको कास्की र म्याग्दी जिल्लाका सीमावर्ती अन्नपूर्ण गाउँपालिकामा हुन्छ ।