- Loading...
म्याग्दीमा थप एक जनामा कोरना संक्रमण पुष्टी
- पुनहिल डट कम
- ४ साल अघि
- १९७ पटक पढिएको
भारतबाट फर्किएर बेनीको न्यू वेष्टपोईन्ट कलेजको क्वारेन्टाईनमा बसेका अर्का १९ बर्षिय पुरुषमा मालिका गाउपालिकाका ३० बर्षिय पुरुषमा कोरना संक्रमण पुष्टी भएको छ ।
गण्डकी प्रदेशमा विहिवार थप १६ जनामा कोरना पुष्टी भएको छ । गण्डकी प्रदेशमा कोरना संक्रमितको संख्या ५४ पुगेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विहिवार विहान ५.४५ बजे जारी गरेको गण्डकी प्रदेशको कोभिड–१९ को अध्यावधिक विवरण अनुसार म्याग्दीको मंगला गाउँपालिका, ४ का १९ बर्षिय पुरुषमा कोरना संक्रमण पुष्टी भएको हो । उनी जेठ १३ गते भारतबाट फर्केर बेनीको क्वारेन्टाईनमा बस्दै आएका छन । यो संगै म्याग्दीका कोरना संक्रिमितको संख्या २ पुगेको छ ।
‘संक्रमित ति युवकलाई क्वारेन्टाईनबाट उपचारकालागी बेनी कै खुल्ला मञ्चमा नजिक रहेको शैक्षिक तालिम केन्द्रमा स्थापना गरिएको आईसोलेसनमा स्थानन्त्रण गर्न लागेका छौं’ स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले भने, ‘ भर्खर स्वाब परिक्षणको रिपोर्ट आएको छ । संक्रमित युवा रहेको क्वारेन्टाईनमा पुगेर कन्ट्याक ट्रेसिङको काम सुरु गरेका छौं ।’
स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालका अनुसार म्याग्दीबाट १ सय ५८ जनाको स्वाब नमुनामध्य १३० जनाको परिक्षण भएको छ । परिक्षण भएका मध्य २ जनामा कोरना संक्रमण पुष्टी भएको छ, १ सय २८ जनाको नेगेटिभ र २८ जनाको स्वाब नमुना परिक्षण रिपोर्ट आउन बाँकी छ ।