FLASH NEWS
  • Loading...

नेपालमा थप २०१ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या २३ सय पुग्यो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ९९ पटक पढिएको
Post Thumbnail

नेपालमा थप २०१ जनामा कोरना पुष्टि भएको छ ।

नयाँ संक्रमितमा धनकुटाका एक जना, सप्तरीका एक जना, ताप्लेजुङका ३ जना, झापाका २ जना, पाँचथरक एक जना, सुनसरीका ८ जना, पर्साका ७ जना, दैलेखका एक जना, सल्यानका २ जना, मोरङका २ जना, तेर्हथुमका एक जना, कैलालीका ३ जना, डोटीका २ जना, कपिलवस्तुका ६९ जना, पाल्पाका २ जना, रुपन्देहीका २७ जना, महोत्तरीका ९ जना, दैलेखका ६ जना, कालिकोटका ७ जना, दाङका ५ जना, प्युठानका २ जान, सल्यानका एक जना, धनुषाका एक जना, काठमाडौँका ३ जना, नवलपरासीका ८ जना, रौतहटका ११ जना, सर्लाहीका १५ जना र सिन्धुपाल्चोकका एक जना रहेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ हजार ३०० पुगेको छ, जसमा पुरुष संक्रमित २ हजार १३० रहेका छन् भने महिला संक्रमित १७० रहेका छन् । त्यस्तै अहिलेसम्म २७८ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्, जसमा २२२ जना पुरुष र ५६ महिला रहेका छन् ।

नेपालमा कोरोनाबाट अहिलेसम्म ९ जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुने नवौ व्यक्ति दोलखाका ७६ बर्षिय पुरुषको टिचिङ अस्पताल महाराजगन्जमा आज निधन भएको छ ।   अहिलेसम्म देशभर क्वारेन्टाइनमा एक लाख ५५ हजार ८६८ जना रहेका छन् ।