- Loading...
मालिका गाउँपालिकाको सुत्केरीलाई कोसेली ः घ्यु र अण्डा
- पुनहिल डट कम
- ४ साल अघि
- १०६ पटक पढिएको
लकडाउनको समयमा गाउँमा सवैकालागी प्रयाप्त पोषणयुक्त खानेकुराको उपलब्ध नहुने भएपनि जिल्लाको मालिका गाउँपालिकाले सुत्केरी स्याहार थालेको छ ।
गाउँपालिकाको उपाध्यक्षसँग स्वास्थ्य कार्यक्रम अर्न्तगत सुत्केरी स्याहर गर्न प्रयाप्त पोषणयुक्त खानाकालागी एक क्रेट अण्डा, आधा लिटर घ्यु, मेथी, ज्वानो समेतका पोषणयुक्त खाना पुर्याएको जनाएको छ । गाउँपालिकाका ७ वडामध्य पहिलो दिन आईतवार ३ नम्बर वडा रहेको रुम डाँडागाउँका २० जना सुत्केरीलाई पोषणयुक्त खानेकुरा वितरण गरेको हो । सुत्केरीलाई पायक पर्ने स्वास्थ्य संस्थामा वोलाई सामाग्री हस्तान्त्रण गरिएको हो ।
‘लकडाउनले गर्दा यतिवेला माछामासु, अण्डा किन्न समेत समस्या छ । त्यसैले सुत्केरीहरुलाई घ्यु, अण्डा समेतका पोषिलो खानेकुरा वितरण गरेका हौं’ मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले भनिन्, ‘उपाध्यक्षसँग स्वास्थ्य कार्यक्रम अर्न्तगतका विनियोजित २० लाख रुपैयाँ बजेटबाट तत्काल पोषिलो खाना पुर्याउन सुत्केकरी स्याहर थालेका हौं ।’
गाउँपालिकाले चालु आर्थिक बर्षको (०७६ साउनदेखी ०७७ असारसम्म) गाउँपालिकाका सवै सुत्केरीलाई पोषिलो आहारा अर्न्तगत स्थानीय उत्पादन घ्यु र अण्डा वितरण गर्ने निती बनाएको जनाएको छ । चालु आर्थिक बर्ष मालिका गाउँपालिकामा ४ सय जना महिला सुत्केरी हुने तथ्याङ्ढ छ ।
वितरण गरिएका घ्यु र अण्डा गाउँपालिका भित्र कै स्थानिय उत्पादन हुन । सकेसम्म सम्बन्धीत वडाका कृषकले उत्पादन गरेका घ्यु र अण्डा खरिदगरी सुत्केरीलाई वितरण गर्ने गरिएको छ । उपाध्यक्ष संग स्वास्थ्य कार्यक्रम अर्न्तगत हजार दिनका आमा/वच्चाको स्वास्थ्य तथा पोषण, प्रसुति गाराउन स्थानीय स्वास्थ्य संस्थाबाट बाहिर दरवाङ्ग, वेनी वा पोखरा पुर्याउनु पर्दा निःशुल्क एम्बुलेन्स, स्वास्थ्य चौकीमा प्रसुती गराउनेलाई प्रोत्साहन भत्ता, नवजात शिसुलाई न्यानो कपडा समेत सामाग्री वितरण कार्यक्रम रहेको स्वास्थ्य संयोजक सन्तु कार्कीले बताईन ।
तस्वीर ः मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुको फेसवुक वालबाट ।