- Loading...
लायन्स क्लव बेनीपीसद्धारा शैक्षिक सामाग्री वितरण
- पुनहिल डट कम
- ५ साल अघि
- ३७३ पटक पढिएको
लायन्स क्लव अफ बेनी पिस सिटीद्धारा मंगला गाउँपालिका, ३ बरंजास्थित महेन्द्ररत्न माविमा अध्ययनरत विद्यार्थीलाई छात्रबृत्ति तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।
क्लवले महेन्द्ररत्न माविमा अध्ययनरत विपन्न तथा जेहन्दार विद्यार्थी दिलमायाँ थापालाई जनालाई १० हजार र टेकबहादुर विक, अनिता शेरपुञ्जा, नरदेवी विक, टिकप्रसाद विक, तुलदेवी जैसी र रेशम कार्कीलाई जनही ५ हजारका दरले छात्रबृत्ति वितरण गरेको छ ।
क्लवले एक सदस्य एक विद्यार्थी अभिभावकत्व कार्यक्रम अर्न्तगत अति विपन्न परिवारका छात्रछात्रा पहिचान गरी क्रमशः राजेश शाक्य, लक्ष्मण शर्मा, दुर्गा बुढा, भोजबहादुर रिजाल, नरेश श्रेष्ठ र निराजन श्रेष्ठले जनप्रीय आधारभुत विद्यालयकी सिर्जना थापा, शान्ति विक, रेशम सापकोटा, गमिसा केसी, पार्वती सापकोटा र महेन्द्ररत्न माविका प्रिजेन्ट रोकालाई एक बर्ष पुग्ने कापीकलम, ड्रेस, झोला समेतका शैक्षिक सामाग्री हस्तान्त्रण गरे ।
सामुदायीक विद्यालयमा पाठ्यपुस्तक तथा मासिक फिस निःशुल्क भएपनि अन्य शैक्षिक सामाग्री जोहो गर्न नसक्ने परिवारका वालबालिकालाई शैक्षिक सामाग्री तथा छात्रबृत्तिले राहत पुग्ने विश्वास छ’ क्लवका संस्थापक राशेज शाक्यले भने, ‘अभिभावक र शिक्षकहरुले यी बालबालिकालाई नियमित विद्यालय ल्याउन सहयोग गर्न र बालविवाहबाट जोगाउन अनुरोध छ ।’