FLASH NEWS
  • Loading...

विद्यार्थीको स्वास्थ्य परिक्षण

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २४८ पटक पढिएको
विद्यार्थीको स्वास्थ्य परिक्षण

धौलागिरी गाउँपालिका अन्र्तगत रहेका सवै विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य परिक्षण सुरु गरेको छ ।

वडा कार्यालय, स्वास्थ्य र शिक्षा शाखाले त्यहाँ कार्यरत गुड नेवर्स इन्टरनेशनल नेपाल र कदम संस्थाको सहकार्यमा सबै विद्यार्र्थीको स्वास्थ्य परिक्षण सुरु गरेको हो । गाउँपालिका भित्रका १० मावि, १–५ तहका १२ र १–८ तहका ६ वटा विद्यालयमा अध्ययनरत एक हजार ९ सय १० जना विद्यार्थीको स्वास्थ्य परिक्षण गर्न लागिएको उपाध्यक्ष रेशम छन्त्यालले बताए ।

विद्यार्थीहरुको स्वास्थ्य समस्या पहिचान, थप उपचारको व्यवस्था र स्वास्थ्य तथा सरसफाईमा सचेत बनाउन स्वास्थ्य परिक्षण उपयोगी हुने छ । गाउँपालिकाले हरेक विद्यालयमा वर्षको दुई पटक श्वास्थ्यकर्मी पुगेरै विद्यार्थीको स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम छ ।

स्वास्थ्य परिक्षणका क्रममा देखिएका समस्या विद्यार्थी र परिवारसँग परामर्श दिने, जटिल किसीमका बिरामीहरुको लागि थप उपचारको व्यवस्था मिलाउने सहयोगी संस्थाहरुले बताएका छन । धवलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी र मराङका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको शिक्षामा पहुँच वढाउने र निरन्तरता गराउन गुड नेवर्स र कदम सकृय छन ।

फोटो सौजन्य ः रेशम छन्त्याल, उपाध्यक्ष, धौलागिरी गाउँपालिका