FLASH NEWS
- Loading...
म्याग्दीका कृष्ण पाैडेलकाे ‘विश्व आर्थिक क्रान्तिः सुमेरदेखि सिलिकन भ्यालीसम्म’ पुस्तक सार्वजनिक
- पुनहिल डट कम
- २ साल अघि
- ४२१ पटक पढिएको
आर्थिक इतिहासका अध्येता कृष्ण पौडेलले लेखेको ‘विश्व आर्थिक क्रान्तिः सुमेरदेखि सिलिकन भ्यालीसम्म’ पुस्तक सार्वजनिक भएको छ । पुस्तकमा ढुङ्गेयुगदेखि विद्युतीय चमत्कारसम्मका मानिसले हासिल गरेका प्रगति, उपलब्धि र वैभवका अन्तरकथा समेटिएको छ ।
लेखक पौडेलले भने, ‘पुस्तकमा मूलतः सुमेर सम्यताको मिर्मिरेदेखि सिलिकन भ्यालीसम्मको क्रान्तिकारी छलाङका रोमान्टिक परिकघटनाहरु समावेश गर्ने कोशिश गरेको छु । युद्ध र प्रतिकूलताका कठिन र निरस विवरण मात्रै नभई विजय, शान्ति र सिर्जनाका अभिलेख, धार्मिक-सांस्कृतिक जडताले अन्धकारमय बनेका प्राचीनता एवं नवीन किरणहरुले प्रकाशमय आधुनिकताका सन्दर्भहरु पनि यस पुस्तकमा छन् ।’
प्रतिक्रिया दिनुहोस